ट्रम्पले लगाए भारतमाथि थप २५ प्रतिशत आयात शुल्क, कुल शुल्क दर ५० प्रतिशत


प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका छन्। यससँगै भारतबाट अमेरिकामा आउने वस्तुहरूमा कुल शुल्क दर ५० प्रतिशत पुगेको छ।

बुधबार ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशमा भनिएको छ, “भारत सरकारले रूसी संघबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तेल आयात गरिरहेको पाइएको छ।” ट्रम्पले उक्त आदेशमा यो कदम अमेरिकाको कानुनअनुसार उठाइएको उल्लेख गरेका छन्।

नयाँ शुल्क २१ दिनपछि लागू हुनेछ भने पहिल्यै घोषणा गरिएका २५ प्रतिशत शुल्क बिहीबारदेखि लागु हुनेछन्।

राष्ट्रपति ट्रम्पले भारतमाथि लगाएको नयाँ शुल्क दर अमेरिकाका व्यापारिक साझेदारहरूमध्ये सबैभन्दा उच्चमध्ये पर्न गएको छ। उनले पछिल्ला हप्ता–हप्तामा युक्रेनमाथि रूसको आक्रमणका कारण रूसी तेल किन्ने राष्ट्रहरूलाई दण्ड दिने चेतावनी दिँदै आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारत सरकारले उक्त कदमको कडा आलोचना गर्दै प्रतिक्रिया जनाएको छ। भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, “अमेरिकाले भारतमाथि थप शुल्क लगाउने निर्णय गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण छ, किनकि यस्तै कदम अन्य धेरै देशहरूले पनि आफ्ना राष्ट्रिय हितअनुसार चालिरहेका छन्।”

भारतले तेल आयात बजारको आवश्यकता र १ दशमलव ४ अर्ब जनताको ऊर्जा सुरक्षालाई ध्यानमा राखेर गरिएको स्पष्ट पारेको छ ।

“यी कदमहरू अन्यायपूर्ण, अनुचित र आधारहीन छन्,” मन्त्रालयको वक्तव्यमा उल्लेख छ।

ट्रम्पको आदेशमा अमेरिकी प्रशासनलाई अन्य देशहरूले पनि रूसी तेल आयात गरिरहेका छन् कि छैनन् भन्ने मूल्यांकन गर्न र तिनीहरूमाथि आवश्यक कदम चाल्ने तयारी गर्न निर्देशन दिइएको छ।

गत साता ट्रम्पले भारतमाथि २५ प्रतिशत शुल्कका साथै रूसबाट सैन्य उपकरण र ऊर्जा खरिद गरेबापत थप “दण्ड” को चेतावनी दिएका थिए। मंगलबार उनले सार्वजनिक रूपमा भनेका थिए, “भारतले रूसी तेल किनिरहेकाले हामीले त्यसमाथि गम्भीर कदम चाल्नुपर्नेछ। उनीहरूले युद्ध मेसिनलाई इन्धन दिइरहेका छन्।”

भारतले भने युक्रेन युद्ध सुरु भएपछि अमेरिकालगायत युरोपेली राष्ट्रहरूले भारतलाई रूसी तेल आयातको कारण लक्ष्य बनाएको गुनासो गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com