अमेरिकामा विमानको इन्जिन फेल भएपछि आपतकालीन अवतरण


प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार

अमेरिकामा इन्जिन फेल भएपछि विमानलाई आपतकालीन अवतरण गराइएको छ ।

वाशिङटन डल्लस इन्टरनेशनल एयरपोर्टबाट जर्मनीको म्युनिखतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमान इन्जिन फेल भएपछि गत साता आपतकालीन अवतरण गर्न बाध्य भएको हो ।

२५ जुलाईमा युनाइटेड फ्लाइट १०८ उडेको थियो । उडानको केही मिनेटमै इन्जिनमा समस्या देखिएपछि डल्लास फर्किएको हो ।

विमान कम्पनीका अनुसार विमानमा २१९ यात्रु र ११ जना चालक दलका सदस्य सवार थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बोइङ ७८७ विमान उडानपछि करिब ५ हजार फिट उचाइमा पुग्दा पाइलटले एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क गरेका थिए ।

उनले “इन्जिन फेल, बायाँ इन्जिन, युनाइटेड १०८ आपतकालीन स्थिति घोषणा गर्दैछ । “मेडे, मेडे, मेडे” पाइलटले भनेका थिए । मेडे भन्ने शब्द हवाइजहाजमा गम्भीर संकट वा आपतकालीन अवस्था सूचित गर्न प्रयोग गरिन्छ।

एयर ट्राफिक कन्ट्रोलरले पाइलटलाई सोधे, “के तपाईं अहिले दायाँ मोडिएर फिर्ता जान सक्नुहुन्छरु तपाईं र विमानस्थलको बीचमा अरू कुनै विमान छैन।”

उक्त विमान साँझ ८ बजे उडेपछि केही बेरमा घुमेर करिब ३० मिनेटपछि सुरक्षित रूपमा डल्लसमा अवतरण गरेको थियो।

अवतरणपछि विमानलाई एयरपोर्टको फायर एण्ड रेस्क्यु टिमले जाँच गरेपछि गेटसम्म तानेर लगिएको थियो । यस घटनाले अन्य उडानहरूमा कुनै असर नपरेको बताइएको छ।

युनाइटेड एयरलाइन्सले विमान सुरक्षित रूपमा अवतरण गरेको र सबै यात्रुहरू सामान्य रूपमा गेटमा झरेका बताएको छ । त्यसपछि सो उडान रद्द गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com