पर्यटक र व्यवसायिक भिसामा अमेरिका जान चाहनुहुन्छ ? अब १५ हजार डलरसम्म धितो पनि चाहिन्छ !


प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार

अमेरिकी विदेश मन्त्रालयले नयाँ नियम प्रस्ताव गर्दै केही व्यवसायिक तथा पर्यटक भिसा आवेदकहरूलाई अमेरिका प्रवेश गर्नुपूर्व अधिकतम १५ हजार अमेरिकी डलरसम्मको धितो राख्नुपर्ने व्यवस्था ल्याउने तयारी गरेको छ।

मन्त्रालयले मंगलबार फेडेरल रजिस्टरमा प्रकाशित गर्न लागेको सूचना अनुसार, उच्च भिसा ओभरस्टे दर भएका र कमजोर आन्तरिक कागजात सुरक्षा भएका देशहरूबाट आउने आवेदकहरूलाई लक्षित गरी १२ महिनाको परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ। यो योजनाअनुसार भिसा आवेदन गर्दा ५ हजार अमेरिकी डलर, १० हजार अमेरिकी डलर वा १५ हजार अमेरिकी डलरको धितो राख्नुपर्ने हुन सक्छ।

यो नियम प्रकाशन भएको १५ दिनभित्र लागू हुने जनाइएको छ। अमेरिकी सरकारका अनुसार, यस्तो व्यवस्था ल्याउनुको उद्देश्य भनेको आगन्तुकहरूले भिसाको सर्त उल्लंघन गरेमा सरकारलाई लाग्ने सम्भावित खर्चबाट जोगाउनु हो।

यद्यपि, आलोचकहरूले भने यस्तो प्रस्तावले धेरै सामान्य नागरिकहरूको लागि अमेरिका प्रवेशको प्रक्रिया झनै कठिन र खर्चिलो बनाउने टिप्पणी गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेश मन्त्रालयले परीक्षण कार्यक्रमलाई अस्थायी कदमको रूपमा व्याख्या गरे पनि यसको दीर्घकालीन प्रभाव र सम्भावित आलोचनालाई लिएर बहस सुरु छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com