‘स्पेनमा त्यो ४८ घण्टा, जब पासपोर्ट र अमेरिकी भिसासहितका कागजात रहेको झोला चोरी भयो’


प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार

एआई निर्मित तस्वीर : ग्रोकबाट

एक बिहान, क्यान्समा इथेरियम कम्यूनिटी कन्फरेन्स एण्ड वर्कशपपछि बार्सिलोना पुगेका भारतीय उद्यमी आयुष पञ्चमियाले कल्पना पनि गरेका थिएनन्, आगामी ४८ घण्टा उनको जीवनकै सबैभन्दा कठिन, डरले भरिएको र भावनात्मक संघर्ष हुने थियो।

त्यो बिहान उनको टोली एक स्टारबक्स क्याफेमा बसेर ग्राहकहरूको लागि सामग्री सम्पादन गर्दै थियो। चिसो हावाले स्पेनको रमणीयता अझै शान्त बनाइरहेको थियो।

कामकै बीचमा एक छोटो फोन कलका लागि पञ्चमिया बाहिर निस्किए, सानो कालो झोला टेबलमुनि राखेर। त्यो झोला, (जसमा थियो उनको पासपोर्ट, अमेरिकी भिसा, क्रेडिट कार्डहरू र हजारौं यूरो बराबरको नगद) केही सेकेन्डमै गायब भयो।

“म फर्केर आउँदा टेबल मुनिको झोला हराइसकेको थियो”, उनले भने, “मेरो सारा पहिचान, मेरो देश फर्कने माध्यम, सबै एक झट्कामा हरायो।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पञ्चमियाले तुरुन्तै प्रहरी समक्ष पुगेर घटनाको जानकारी दिए, सीसीटीभी फुटेज मागे। तर, उनको आग्रह सूनुवाइबिनै रह्यो। झन् भारतीय दूतावास सप्ताहन्तमा बन्द थियो। शहरको बीचमा एक्लिएर, कुनै कागजात विना, अपरिचित मुलुकमा उनी बिचल्लीमा परे।

“त्यो रात म सुत्न सकिनँ”, उनले भने, “म सोचिरहेको थिएँ, म घर फर्कन सक्दिन भने के होला ? मेरो परिवारलाई के भन्नु ? म यहाँ कसरी बाँच्ने ?”

तर, आशा त्यत्तिकैमा मरेन। सोमबार बिहान दूतावास खुल्नेबित्तिकै उनी त्यहाँ पुगे। त्यहाँको स्टाफले उनको पीडा बुझेँ, आपतकालीन प्रमाणपत्र (अस्थायी पासपोर्ट) ४/५ घण्टाभित्र नै बनाइदिए। त्यसै साँझ, उनले भारत फर्कने फ्लाइट समाते।

“दूतावासको त्यो सहयोग म कहिल्यै बिर्सन सक्दिन”, उनले भावुक हुँदै भने, “त्यो केवल कागज होइन, त्यो मेरो घर फर्कने बाटो थियो।”

उनी यो कथा अरूलाई सचेत गराउँदै आयुष पञ्चमिया भन्छन्, “यस्ता घटना कसैसँग पनि हुन सक्छ। पासपोर्ट साथमा बोक्दा सावधानी अपनाउनुस्, युरोपजस्ता ठाउँमा यस्तो क्षणमै हुन सक्छ।”

उनी थप्छन्, “यो पीडादायी थियो, तर मलाई थाहा भयो । कठिनाइको बीचमा पनि मानवीयता र सहयोग अझै बाँकी छ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com