अमेरिकामा लडाकु विमान बनाउने श्रमिकद्वारा हड्तालको घोेषणा
प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार
अमेरिकाको मिसौरी र इलिनोइसस्थित बोइङ कम्पनीका ३ हजार भन्दा बढी श्रमिकहरुले हड्तालमा जाने घोषणा गरेका छन ।
त्यहाँ कार्यरत करिब ३ हजार २०० यूनियनमा आवद्ध श्रमिकहरूले श्रम सम्झौतामा सहमति नजुटेपछि सोमबार राति १२ बजेदेखि हड्तालमा जाने निर्णय गरेका हुन ।
यो निर्णय आईएएम का सदस्यहरूले बोइङले प्रस्ताव गरेको नयाँ परिमार्जित सम्झौता अस्वीकार गरेपछि आएको हो । ती सदस्यहरू लडाकु विमान र अन्य हतियार प्रणालीहरू निर्माणमा कार्यरत रहेका छन ।
आईएएम मिडवेस्ट टेरिटोरीका उपाध्यक्ष साम सिसिनेल्लीले विज्ञप्ति जारी गर्दै भने, “आईएएम डिस्ट्रिट ८३७ का सदस्यहरूले त्यस्ता विमान र सुरक्षा प्रणालीहरू निर्माण गर्छन् जसले हाम्रो देशलाई सुरक्षित राख्छ।”
“उनीहरू यस्तो सम्झौता पाउन योग्य छन्, जसले उनीहरूको परिवारलाई सुरक्षित राखोस् र उनीहरूको अद्वितीय दक्षतालाई सम्मान गरोस्,” उनले थपे।
बोइङ एयर डोमिनेन्सका उपाध्यक्ष तथा सेंट लुइस साइट कार्यकारी ड्यान गिलियनले इमेलमार्फत प्रतिक्रिया दिँदै भने, “हामी निराश छौं कि हाम्रो प्रस्ताव – जसमा ४० प्रतिशत औसत तलब वृद्धि र वैकल्पिक कार्य तालिकाको मुख्य मुद्दा समाधान गरिएको थियो तर कर्मचारीहरूले यसलाई अस्वीकार गरेका छन ।
गिलियनले थपे, “हामी हड्तालको तयारीमा थियौं र हाम्रो आकस्मिक योजना पूर्णरूपमा लागू भइसकेको छ, जसअन्तर्गत हाम्रो गैर हड्ताली श्रमशक्ति ग्राहकहरूको सेवा निरन्तर जारी राख्नेछ।”
श्रमिकहरू मिसौरी राज्यको सेंट लुइस र सेंट चार्ल्स तथा इलिनोइसको मास्कुटाहस्थित बोइङका तीनवटा प्लान्टहरूमा कार्यरत छन् ।
उनीहरूले लडाकु विमान, हतियार प्रणाली, मिसाइल तथा रक्षा प्रविधिहरूको निर्माण तथा मर्मत गर्छन्। अघिल्लो श्रम सम्झौता जुलाई २७ को मध्यरात अघि सकिएको थियो।








