रुसमा ५०० वर्षपछि ज्वालामुखी विस्फोट,सुनामीको चेतावनी


प्रकाशित मिति : श्रावण १८, २०८२ आईतबार

रुसको पूर्वी सुदूर क्षेत्रस्थित क्रासेनेनिकोभ ज्वालामुखी विस्फोट भएको छ । यो विस्फोट करिब ५०० वर्षपछि पहिलोपटक भएको हो ।

विज्ञहरूका अनुसार यो विस्फोट गत साता आएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्छ ।

कामचाट्का प्रायद्वीपमा रहेको यो ज्वालामुखीले रातभरमा करिब ६ किलोमिटर अग्लो खरानीको मुस्लो आकाशमा फ्याँकेको छ । रुसको आपतकालीन मन्त्रालयले बस्ती क्षेत्रहरूलाई कुनै खतरा नरहेको बताएको छ ।

यस विस्फोटपछि केही घण्टामै अर्को ठूलो भूकम्प पनि रुसमै आएको छ । जसका कारण कामचाट्काका तीन क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी दुवै घटना गत साता आएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ ।

उक्त भूकम्पका कारण फ्रेन्च पोलिनेसिया र चिलीसम्म सुनामी चेतावनी जारी गरिएको थियो।

रुसी समाचार संस्थाका अनुसार, क्रासेनेनिकोभ ज्वालामुखीको विस्फोटपछि खिचिएका तस्वीरहरूमा विशाल खरानीको मुस्लो देखिन्छ । तस्वीरहरू सम्भवतः हेलिकप्टरबाट खिचिएका हुन्।

रुसी विज्ञहरूले बुधबारको भूकम्पपछि केही हप्तासम्म बलिया परकम्पहरू आउन सक्ने चेतावनी दिएका थिए। उक्त भूकम्प रूसमा हालसम्मकै शक्तिशालीमध्ये एक मानिएको छ । जसका कारण लाखौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।

आइतवार आएको ७ म्याग्निच्युडको अर्को भूकम्प कुरिल द्वीप समूहमा केन्द्रित थियो । यसका कारण १८ सेन्टिमिटर अग्ला छालहरू आउने सम्भावना रहेको रुसको आपतकालीन मन्त्रालयले जनाएको छ।

यद्यपि छालहरूको उचाइ कम भए पनि तीनवटा क्षेत्रका मानिसहरूलाई “किनाराबाट टाढा बस्न” अनुरोध गरिएको छ।

क्रासेनेनिकोभको अन्तिम विस्फोट १५ औं शताब्दीमा भएको थियो । हालको विस्फोट गत साता आएको ८.८ म्याग्निच्युडको भूकम्पसँग सम्बन्धित हुनसक्ने बताइएको छ।

कामचाट्का प्रायद्वीप दुर्गम भए पनि यो “प्यासिफिक रिङ अफ फायर” मा पर्छ । विश्वकै सबैभन्दा धेरै भूकम्प र ज्वालामुखी विस्फोटहरू हुने क्षेत्रमा यो पर्दछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com