अमेरिकी प्यारामाउण्ट र स्काइडान्सलाई मर्जरका लागि स्वीकृति


प्रकाशित मिति : श्रावण ८, २०८२ बिहीबार

प्यारामाउण्ट र स्काइडान्स मिडियाको ८ बिलियन डलरको मर्जरलाई अमेरिकी सञ्चार आयोग (एफसीसी) ले स्वीकृति दिएको छ ।

हलीवुडको एक पुरानो तथा प्रतिष्ठित कम्पनी प्यारामाउण्ट ग्लोबल र स्वतन्त्र स्टुडियो स्काइडान्स मिडिया बीचको ८ बिलियन डलरको मर्जरलाई अमेरिकी संघीय सञ्चार आयोगले स्वीकृति दिएको हो ।

यो मर्जर सन् २०२४ मा पहिलो पटक सार्वजनिक गरिएको थियो । अब एफसीसीको स्वीकृतिपछि यसलाई आधिकारिक रूपमा अघि बढाउन बाटो समेत खुलेको छ ।

स्वीकृतिको केही साताअघि मात्रै, प्यारामाउण्ट ग्लोबलले पूर्व उपराष्ट्रपति कमला ह्यारिससँग सीबीएस द्वारा प्रसारित अन्तर्वार्ताका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कानुनी विवाद समाधान गर्न १६ मिलियन डलर तिर्न सहमति जनाएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले सीबीएस को सिक्टी मिनेट कार्यक्रममा प्रसारित अन्तर्वार्ता “छलीपूर्ण ढंगले सम्पादन गरिएको” आरोप लगाउँदै त्यसले डेमोक्रेटिक पार्टीको पक्षमा सहयोग गरेको दाबी गरेका थिए।

तर प्यारामाउण्टले उक्त क्षतिपूर्ति भविष्यमा निर्माण हुने पुस्तकालय लागि छुट्याइने बताएको छ । यो रकम प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ट्रम्पलाई नदिइने प्यारामाउण्टले स्पष्ट पारेको छ ।

एफसीसी प्रमुख ब्रेनडन करले मर्जर स्वीकृत भएको घोषणा गरेका हुन । उनलाई ट्रम्पले नियुक्त गरेका थिए । स्काइडान्सले एफसीसी समक्ष “निष्पक्ष पत्रकारिताको प्रतिबद्धता” व्यक्त गरेको छ ।

कम्पनीले गुनासोहरूको मूल्याङ्कन गर्न ओम्बड्सम्यान नियुक्त गर्ने वाचा पनि गरेका छन । साथै, स्काइडान्सले विविधता, समानता र समावेश डीईआई सम्बन्धी कार्यक्रमहरू अन्त्य गर्ने निर्णय गरेको छ । ट्रम्प प्रशासनले यस्ता प्रयासहरूलाई विगतदेखि नै आलोचना गर्दै आएको छ।

प्यारामाउण्ट ग्लोबलको इतिहास सन् १९१४ मा स्थापना भएको प्यारामाउण्ट पिक्चर्स बाट सुरु भएको हो । यसले थुप्रै चर्चित फिल्महरू बनाएको छ। स्काइडान्स मिडिया ओराकल कम्पनीका संस्थापक लैरी एलिसनका छोरा डेविड एलिसनको स्वामित्वमा रहेको कम्पनी हो ।

यो मर्जर स्वीकृति आउनु केही दिनअघि मात्र सीबीएस ले स्टेफन कोलबर्ट द्वारा सञ्चालित द लेट सो बन्द गर्ने घोषणा गरेको थियो । कोलबर्ट ट्रम्पको आलोचकका रूपमा परिचित छन् ।

यो मर्जरले अमेरिकी मिडिया र मनोरञ्जन क्षेत्रमा ठूला राजनीतिक, आर्थिक र सम्पादकीय परिवर्तनहरू ल्याउने संकेत गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com