प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा परी १५ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार

गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा १५ जनाको मृत्यु भएको र सेनाले मध्य सहर देइर अल–बलाहमा स्थलगत कारबाही विस्तार गरेको बताएको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरको पश्चिममा रहेको अल–सती शिविरमा इजरायली आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको बताए ।

गाजाको अधिकांश जनसङ्ख्या २१ महिनाको द्वन्द्वमा कम्तीमा एक पटक विस्थापित भएको छ र भूमध्यसागरीय तटमा रहेको अल–सती शिविरले उत्तरबाट विस्थापित हजारौँ मानिसलाई पाल र अस्थायी आश्रयमा राखेको छ ।

बासलले देइर अल–बलाहमा थप दुई जनाको मृत्यु भएको बताए । त्यहाँ इजरायली सेनाले आफ्नो स्थलगत कारबाही विस्तार गर्ने र धेरै क्षेत्र खाली गर्ने आदेश दिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले यस क्षेत्रमा ५० हजारदेखि ८० हजार मानिस बसोबास गर्ने अनुमान गरेको छ र यस क्षेत्रलाई अहिलेसम्म अपेक्षाकृत सुरक्षित मानिएको थियो ।

करिब ३० हजार विस्थापन स्थलहरूमा बसिरहेका थिए ।

ओसिएचएले सम्पूर्ण गाजा पट्टीको लगभग ८८ प्रतिशत अब या त निकासी आदेश अन्तर्गत वा इजरायली सैन्य क्षेत्र भित्र रहेको बताएको छ । य २४ लाख जनसङ्ख्यालाई सँधै सङ्कुचित स्थानमा बस्न बाध्य पारेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com