प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा परी १५ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार

गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा १५ जनाको मृत्यु भएको र सेनाले मध्य सहर देइर अल–बलाहमा स्थलगत कारबाही विस्तार गरेको बताएको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरको पश्चिममा रहेको अल–सती शिविरमा इजरायली आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको बताए ।

गाजाको अधिकांश जनसङ्ख्या २१ महिनाको द्वन्द्वमा कम्तीमा एक पटक विस्थापित भएको छ र भूमध्यसागरीय तटमा रहेको अल–सती शिविरले उत्तरबाट विस्थापित हजारौँ मानिसलाई पाल र अस्थायी आश्रयमा राखेको छ ।

बासलले देइर अल–बलाहमा थप दुई जनाको मृत्यु भएको बताए । त्यहाँ इजरायली सेनाले आफ्नो स्थलगत कारबाही विस्तार गर्ने र धेरै क्षेत्र खाली गर्ने आदेश दिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले यस क्षेत्रमा ५० हजारदेखि ८० हजार मानिस बसोबास गर्ने अनुमान गरेको छ र यस क्षेत्रलाई अहिलेसम्म अपेक्षाकृत सुरक्षित मानिएको थियो ।

करिब ३० हजार विस्थापन स्थलहरूमा बसिरहेका थिए ।

ओसिएचएले सम्पूर्ण गाजा पट्टीको लगभग ८८ प्रतिशत अब या त निकासी आदेश अन्तर्गत वा इजरायली सैन्य क्षेत्र भित्र रहेको बताएको छ । य २४ लाख जनसङ्ख्यालाई सँधै सङ्कुचित स्थानमा बस्न बाध्य पारेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com