मार्टिन लुथर किङ जूनियरको हत्या सम्बन्धी विवरण ट्रम्प प्रशासनद्वारा सार्वजनिक, परिवारका सदस्यहरू असन्तुष्ट


प्रकाशित मिति : श्रावण ५, २०८२ सोमबार

अमेरिकी ट्रम्प प्रशासनले मार्टिन लुथर किङ जूनियरको हत्या सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नागरिक अधिकारका अगुवा मार्टिन लुथर किङ जूनियरको हत्यासँग सम्बन्धित अभिलेखहरू सार्वजनिक गरेको हो ।

जसमा एफबीआईले किङमाथि गरेको निगरानीसम्बन्धी कागजातहरू पनि समावेश रहेका छन्। सन् १९७७ देखि अदालती आदेशले रोकिएको करिब २ लाख ३० हजार पृष्ठ लामो दस्तावेजहरू अब सार्वजनिक भएका हुन् ।

किङका धेरै परिवारका सदस्यहरू यस सार्वजनिककरणको विपक्षमा थिए । उनका दुई जिवित सन्तानले वक्तव्य जारी गर्दै बाबुको योगदान र विरासतलाई कमजोर पार्ने उद्देश्यले यी कागजातहरूको दुरुपयोग गर्न खोजिएको खण्डमा त्यसको कडा विरोध गर्ने चेतावनी दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्याप्टिस्ट धर्मगुरुसमेत रहेका किङको सन् १९६८ अप्रिल ४ मा टेनेसीको मेम्फिस सहरमा ३९ वर्षको उमेरमा गोली हानी हत्या गरिएको थियो । अपराधी जेम्स अर्ल रेले अपराध स्वीकारे पनि पछि त्यो बयान फिर्ता लिएका थिए।

किङका जीवित दुई सन्तान—मार्टिन लुथर किङ तेस्रो र बर्निस किङ—ले यी दस्तावेजहरूलाई संवेदनशीलता, आत्मसंयम र परिवारको निरन्तर पीडाप्रति सम्मान जनाउँदै हेर्न आग्रह गर्छौं भनेका छन ।

उनीहरूले बुवा जीवनकालभरि एफबीआईका निर्देशक जे एडगर हुवरको नेतृत्वमा चालिएको अमानवीय, आक्रामक र भ्रामक निगरानी अभियानको लक्ष्य बनेका थिए भनेका छन ।

चुनावी अभियानका क्रममा ट्रम्पले किङ, पूर्व राष्ट्रपति जोन एफ केनेडी र रबर्ट एफ केनेडीको हत्या सम्बन्धी कागजातहरू सार्वजनिक गर्ने वाचा गरेका थिए ।

उनले सन् २०२५ जनवरीमा कार्यकारी आदेशमार्फत यी सबै कागजातहरू गोप्य सूचीबाट हटाउने निर्णय गरेका थिए।

अमेरिकी राष्ट्रिय गुप्तचर विभाग ले जारी गरेको विज्ञप्तिमा सार्वजनिक गरिएका मार्टिन लुथर किङसम्बन्धी फाइलहरू अहिलेसम्म डिजिटल नभएका, दशकौंसम्म संघीय निकायहरूको गोदाममा धुलो भरिएका कागजातहरू भएको बताएको छ ।

यी कागजातमा ‘एफबीआईका आन्तरिक मेमोहरू’ र किङका हत्याराको खोजीसम्बन्धी ‘पहिलोपटक सार्वजनिक गरिएका सीआईएको रेकर्डहरू’ समावेश छन्।

एफबीआई, न्याय मन्त्रालय, राष्ट्रिय अभिलेखालय र सीआईएको सहकार्यमा दस्तावेजलाई सार्वजनिक गरिएको हो।

अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले देशका महान नेतामध्ये एकको निर्मम हत्या भएको दशकौंपछि अमेरिकी जनताले यथार्थ थाहा पाउनु जरुरी रहेको बताइन ।

यसैबीच, ट्रम्पका आलोचकहरूले भने कागजात सार्वजनिक गर्नु ट्रम्पको पारदर्शिताको कमी, विशेषगरी यौन अपराधी जेफ्री एपस्टीनको फाइलहरूलाई लिएर उठेको विवादबाट ध्यान अन्यत्र मोड्नका लागि गरिएको प्रयास हो भन्ने आरोप लगाएका छन् ।

हत्याका अभियुक्त जेम्स अर्ल रे हत्या पछि क्यानडा, पोर्चुगल र बेलायतसम्म भागेर पुगेका थिए । उनलाई पछि अमेरिका फर्काएर सन् १९६९ मा ९९ वर्षको जेल सजाय दिइएको थियो ।

उनले पछि आफू निर्दोष भएको दाबी गर्दै दोषी ठहर गरिएको बयान फिर्ता लिन खोजे पनि अदालतले अस्वीकार गरेको थियो । सन् १९९८ मा ७० वर्षको उमेरमा उनको जेलमै मृत्यु भयो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com