इजरायलद्वारा सिरियामाथि आक्रमण, झडप चाँडै अन्त्य हुने अमेरिकाको अपेक्षा


प्रकाशित मिति : असार ३२, २०८२ बुधबार

इजरायली सेनाले सिरियामा आक्रमण गरेको छ । राजधानी दमास्कसमा रहेको रक्षा मन्त्रालय र दक्षिणी सिरियामा रहेका सरकारी सैन्य ठाँउहरूमा इजरायली सेनाले हवाई आक्रमण गरेको हो ।

यो आक्रमण स्वेइदा प्रान्तमा चौथो दिनसम्म जारी घातक साम्प्रदायिक झडपको बीचमा भएको हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ड्रुज दाजुभाइहरूलाई बचाउन र शासनका गिरोहहरूलाई समाप्त गर्न काम गरिरहेको बताएका छन ।

सिरियाको विदेश मन्त्रालयले इजरायली कारबाहीलाई “विश्वासघाती आक्रमण” भन्दै कडा आलोचना गरेको छ। आइतबारदेखि स्वेइदामा ड्रुज मिलिसिया र बेदुइन जातीय समूहबीचको हिंसात्मक झडपमा हालसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

सिरियाली सञ्चार माध्यमका अनुसार सिरियाली सेना स्वेइदा शहरबाट फिर्ता हुन थालेको छ । यो फिर्ती स्वेइदाका धार्मिक नेताहरूसँग सरकारले गरेको सहमतिको भाग हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इजरायली सेनाले सोमबारदेखि स्वेइदा र आसपासका क्षेत्रमा सिरियाली सुरक्षाफौज र उनीहरूको हतियारलाई लक्ष्य बनाउँदै आक्रमण थालेको हो ।
मानवअधिकार निगरानी संस्थाका अनुसार स्वेइदामा मानवीय अवस्था बिग्रिएको छ।

स्वेइदाको राष्ट्रिय अस्पतालमाथि ट्याङ्कले आक्रमण गरेपछि त्यहाँ उपचाररत घाइतेहरूमा भय व्याप्त भएको थियो । पानी र औषधिको चरम अभाव भएको बताइएको छ।

सिरियाको स्वास्थ्य मन्त्रालयले अस्पतालमा सरकारी फौजले ‘अनाधिकृत समूहहरूको फिर्ती’पछि “दर्जनौँ शवहरू” फेला पारेको दाबी गरेको छ ।

ड्रुज समुदाय, जसको धर्म शिया इस्लामसँग सम्बन्धित भए पनि फरक पहिचान र मान्यताहरू सिरियाका कार्यवाहक राष्ट्रपति अहमद अल शराअको शासनप्रति शंकास्पद छन् ।

पछिल्लो ८ महिनामा विभिन्न ठाउँहरूमा भएका साम्प्रदायिक झडपहरूले उनीहरूको चिन्ता झन् बढाएको छ । मे महिनामा पनि दमास्कस र स्वेइदामा ड्रुज, सरकारी फौज, र इस्लामवादी लडाकुबीचको झडपमा दर्जनौँको मृत्यु भएको थियो।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यो अवस्थाप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै बुधवार रातिसम्म झडप अन्त्य हुने बताएका छन्। सिरियाको विदेश मन्त्रालयले अमेरिकी र अरब राष्ट्रहरूले जारी राखेको शान्तिपूर्ण प्रयासको स्वागत गरेको छ ।

नेतन्याहूले यसअघि स्वेइदा र दक्षिणका दुई अन्य प्रान्तलाई पूर्ण रूपमा निशस्त्र बनाउनु पर्ने माग गरेका थिए । उनको भनाइमा राष्ट्रपति शराअको सुन्नी इस्लामवादी समूह इजरायलको सुरक्षा लागि खतरा हो।

स्वेइदामा जारी हिंसा र इजरायली हस्तक्षेपले सिरियाको शान्ति प्रक्रिया थप जटिल बनाएको छ। आन्तरिक साम्प्रदायिक तनाव, इजरायली सैन्य आक्रमण, र अन्तर्राष्ट्रिय दबाबबीच सिरियामा मानवीय संकट तीव्र हुँदै गएको देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com