बेलायतले पाकिस्तानी वायुसेवामाथिको प्रतिबन्ध हटायो, बेलायती गन्तव्यतर्फ पुन: उडान गर्न पाउने


प्रकाशित मिति : असार ३२, २०८२ बुधबार

बेलायतले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआईए) माथि लगाएको चार वर्ष पुरानो प्रतिबन्ध हटाएको छ। इस्लामाबादस्थित बेलायती दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तानको हवाई सुरक्षामा उल्लेखनीय सुधार देखिएको भन्दै अब पाकिस्तानी वायुसेवाले बेलायती गन्तव्यतर्फ पुनः उडान गर्न पाउने जनाएको हो।

सन् २०२० को जुन महिनामा कराँचीमा पिआईएको एक विमान दुर्घटना हुँदा करिब १०० जनाको मृत्यु भएको थियो। मानव त्रुटिका कारण भएको भनिएको उक्त दुर्घटनापछि अनुसन्धानकर्ताहरूले करिब एक तिहाइ पाइलटहरूको लाइसेन्स नक्कली वा शंकास्पद भएको निष्कर्ष निकालेका थिए। त्यसपछि बेलायतले सुरक्षाको आधारमा पिआईएमाथि प्रतिबन्ध लगाएको थियो।

बेलायती उच्च आयोगका अनुसार हवाई सुरक्षा समितिले पाकिस्तानले पछिल्लो चार वर्षमा अपनाएको सुधारात्मक कदमहरूको मूल्याङ्कनपछि पिआईएलाई ‘बेलायतको हवाई सुरक्षा सूची’बाट हटाउने निर्णय गरेको हो।

यही साता युरोपेली नियामक निकायले पनि पिआईएमाथिको प्रतिबन्ध हटाएको थियो। त्यसपछि पिआईएले जनवरीदेखि युरोपमा नियमित उडान पुनः सुरु गरिसकेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री शहबाज सरिफले प्रतिबन्ध हटाइनुलाई ‘देशको लागि महत्वपूर्ण कोसेढुङ्गा’ भनेका छन्। “बेलायतले प्रतिबन्ध हटाउनु बेलायतमा बसोबास गर्ने लाखौँ पाकिस्तानी नागरिकका लागि पनि ठूलो राहत हो,” उनले एक विज्ञप्तिमा उल्लेख गरेका छन्।

पिआईएले इस्लामाबादबाट म्यानचेस्टरका लागि पहिलो उडानसँगै बेलायतमा सेवा पुनः सुरु गर्ने तयारी गरिरहेको छ। पाकिस्तानका उड्डयन मन्त्री ख्वाजा आसिफले प्रतिबन्धका कारण पिआईएले ठूलो घाटा व्यहोर्नुपरेको स्वीकार गरेका छन्।

उनले इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा भने, “अब फेरि एकपटक पाकिस्तानी एयरलाइन्सप्रति विश्वास बढ्दै गएको छ।”

करीब ७,००० जनालाई रोजगारी दिने पिआईएमाथि विगतमा पटक–पटक वित्तीय पारदर्शिता, सुरक्षा कमजोरी, नियामकीय लापरबाही र सेवा गुणस्तरमा प्रश्न उठ्दै आएका थिए। पाकिस्तान सरकारले वित्तीय संकटमा परेको पिआईएलाई निजीकरण गर्ने योजनामा अगाडि बढिरहेको र सम्भावित क्रेता खोज्ने प्रयास भइरहेको बताइएको छ।

सन् २०२४ मा एउटा सम्भावित खरीद प्रस्ताव मूल्यको एक अंश मात्र तिर्ने शर्तमा असफल भएको थियो। पिआईए सन् १९५५ मा स्थापना भएको थियो र १९९० को दशकसम्म नाफामा चल्ने कम्पनीका रूपमा चिनिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com