टेक्सास बाढी अपडेट: मृतकको संख्या १०७ पुग्यो, १६१ जना अझै बेपत्ता


प्रकाशित मिति : असार २४, २०८२ मंगलबार

फोटो : एपी/ रासस

अमेरिकाको टेक्सासमा आएको बाढीले मृत्यु हुनेको संख्या १०७ पुगेको छ । १६१ जना भन्दा बढी अझै बेपत्ता रहेका छन ।

शुक्रबार मध्य टेक्सासमा आएको भीषण बाढीमा मृत्यु हुनेको संख्या हालसम्म कम्तीमा १०७ पुगेको हो । उद्धार टोलीहरूले दलदल बनेको नदीकिनारमा खोजी कार्य गरिरहेका छन् ।

तर बाढीपछिको चौथो दिनसम्म आइपुग्दा जीवित भेटिने आशा मर्न थालेको छ । यसबीच, थप वर्षा र चट्याङको सम्भावनाले क्षेत्रलाई थप त्रसित बनाइरहेको छ।

क्याम्प मिस्टिक नामक क्रिश्चियन बालिकाहरूको ग्रीष्मकालीन शिविरले २७ बालिका र कर्मचारी बाढीमा परी ज्यान गुमाएका बताएको छ । पाँच जना बालिका र एकजना प्रौढ अझै हराइरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम्तीमा ८७ जनाको मृत्यु क्यार काउन्टीमा भएको छ । तीमध्ये ५६ जना प्रौढ र ३१ जना बालबालिका छन् ।

काउन्टी शेरिफको कार्यालयका अनुसार अझै १९ जना प्रौढ र ७ जना बालबालिका पहिचान हुन बाँकी छन् । यो क्षेत्रको ग्वाडालुपे नदीमा शुक्रवार बिहानै भारी वर्षाले बाढी आएको थियो ।

राष्ट्रपति ट्रम्पको प्रशासनमाथि राष्ट्रिय मौसम सेवा को अभिभावक संस्था मा गरिएका हजारौं रोजगारी कटौतीको कारण आपतकालीन प्रतिक्रिया प्रभावकारी हुन नसकेको आरोप लागेको छ । तर ह्वाइट हाउसले यस्तो दाबीलाई अस्वीकार गरेको छ ।

ह्वाइट हाउसकी प्रवक्ता करोलिन लिविटले प्रशासनको गल्ती नभएको बताइन । मौसम सेवाले समयमै चेतावनी जारी गरेको उनको दाबी छ ।

राष्ट्रपति ट्रम्पले यस घटनालाई १०० वर्षमा एकपटक आउने विपत्ति भन्दै प्रतिक्रिया दिएका छन् । क्यार काउन्टीका बासिन्दा निकोल विल्सनले बाढी चेतावनी सायरन प्रणाली माग गर्दै अभियान सुरु गरेकी छन् ।

यो प्रणाली अन्य काउन्टीहरूमा भने लागू भइसकेको छ । टेक्सासका उप गभर्नर ड्यान प्याट्रिकले त्यस्ता सायरनले जीवन जोगाउन सक्ने बताउँदै आउने ग्रीष्म ऋतुसम्ममा त्यसको स्थापना हुने बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com