गार्सियालाई रिहा गर्ने अदालतको योजना, पक्राउ गरेर डिपोर्ट गर्ने आइसको तयारी


प्रकाशित मिति : असार ८, २०८२ आईतबार

अमेरिकाको टेनेसीका संघीय न्यायाधीशले मानव तस्करीको मुद्दामा ट्रायलको प्रतीक्षा गरिरहेका किलमार अब्रेगो गार्सियालाई रिहा गर्ने योजना बनाएका छन् ।

तर, अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन आइसले उनलाई फेरी हिरासतमा लिने र सम्भवतः डिपोर्ट गर्ने सम्भावना रहेको छ । त्यसैले उनी स्वतन्त्र हुने अपेक्षा कम रहेको छ ।

आइतबार दिइएको आदेशमा अमेरिकी मजिस्ट्रेट न्यायाधीश बारबरा होल्म्स ले अमेरिकी सरकारले अब्रेगो गार्सियालाई ट्रायलअघि थुनामा राख्न दायर गरेको माग अस्वीकार गरिन् । साथै, उनले बुधबार रिहाइका शर्तहरूबारे छलफल गर्न सुनुवाइ तय गरिन्।

तर अमेरिकी सरकारले यो आदेशविरुद्ध अपील दायर गरिसकेको छ । रिहाइ आदेश कार्यान्वयन नहोस् भनेर रोक आदेश माग पनि गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यायाधीश होल्म्सले आफ्नो आदेशमा यो निर्णय ूकेवल शैक्षिक अभ्यासजस्तैू हो किनभने आइस ले उनलाई तुरुन्तै नियन्त्रणमा लिने सम्भावना उच्च छ ।

तर, उनले यो पनि जोड दिइन् कि सरकारले अब्रेगो गार्सिया भाग्ने खतरा छन्, समाजलाई खतरा पुर्याउँछन्, वा ट्रायलमा बाधा पुर्याउँछन् भन्ने प्रमाण पेश गर्न असफल भएको छ ।

अब्रेगो गार्सियाविरुद्धको मुद्दा २०२२ को टेनेसीमा स्पिडिङ्गको कारण ट्राफिक स्टपबाट सुरु भएको हो । उनको गाडीमा ९ जना यात्रु थिए। प्रहरीले तस्करीको आशंका गरे पनि उनलाई केवल चेतावनी दिई छाडिएको थियो।

तर पछि, एक संघीय अभियोगमा उनलाई अवैध रूपमा अमेरिका प्रवेश गरेका सयौं मानिसहरू बालबालिकासमेत र एमएस १३ गिरोहका सदस्यहरूलाई तस्करी गरेको आरोप लगाइएको छ।

यो अनुसन्धान अमेरिकी सर्वोच्च अदालतले मार्चमा अब्रेगोलाई एल साल्भाडोरबाट फिर्ता ल्याउन आदेश दिएपछि मात्रै सुरु गरिएको थियो।

उनलाई त्यसअघि गलत रूपमा बदनाम जेलमा डिपोर्ट गरिएको थियो । जसमा सार्वजनिक दबाब तीव्र बनेको थियो।

१३ जुनको सुनुवाइमा अमेरिकी कार्यवाहक अभियोजक रब म्याकग्वायर ले अब्रेगोलाई लागूऔषध र हतियार तस्करी गरेको, र उनले महिलाहरूलाई दुर्व्यवहार गरेको आरोप लगाए।

यद्यपि ती अपराधहरूमा उनलाई औपचारिक रूपमा आरोप लगाइएको छैन । म्याकग्वायरका अनुसार ती आरोपहरूले अब्रेगो खतरनाक व्यक्तित्व भएको देखाउँछ र उनलाई थुनामै राखिनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com