न्यूयोर्कमा सार्वजनिक महर्जनको ‘ओड टु यल’ मा प्रवासको जीवन र मौलिक पहिचानबीचको द्वन्द्व


प्रकाशित मिति : असार ८, २०८२ आईतबार

नेपाली कवि राजन महर्जनको अङ्ग्रेजी भाषामा लिखित पहिलो कविता सङ्ग्रह ‘ओड टु यल’ न्यूयोर्कको क्विन्समा एक विशेष साहित्यिक कार्यक्रमका बीच सार्वजनिक भएको छ।

निराला पब्लिकेशन्स, नयाँ दिल्लीद्वारा प्रकाशित यस सङ्ग्रहमा २३ वटा छोटा तथा लामा कविताहरू समावेश छन्। यी कविताहरूले काठमाडौँ उपत्यकाको एक ऐतिहासिक सहर कविको जन्मभूमि यल (पाटन)को सौन्दर्य, संस्कृति र आत्मासँग गहिरो सम्बन्ध जोडेका छन्। यस सङ्ग्रहमा प्रवासको जीवन र आफ्नो मौलिक पहिचानबीचको द्वन्द्वलाई पनि कवितामार्फत समेटिएको छ।

पारिवारिक वातावरणमा सम्पन्न भएको सो विमोचन कार्यक्रममा हिमालयन कवि युयुत्सु शर्मा, कविका चार वर्षीया छोरी अर्लानी, पत्नी अस्मिता र ससुरा अमृत मान महर्जन तथा सासू मीना महर्जनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा कवि महर्जनले आफ्ना कवितामार्फत जन्मभूमिलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गर्दै न्यूयोर्कस्थित नेपाली समुदायप्रति आभार प्रकट गर्नुभयो।

कवि युयुत्सु शर्माले नेपालबाट अङ्ग्रेजी भाषामा हुने लेखनको परिवर्तित परिदृश्यमा ‘ओड टु यल’ को सांस्कृतिक र साहित्यिक महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले कवि महर्जनको काव्यशैलीले जन्मभूमिप्रतिको प्रेम र स्मृतिलाई जीवन्त चित्रहरूमा प्रस्तुत गरेको भन्दै प्रशंसा गर्नुभयो। “‘ओड टु यल’ मार्फत,” उहाँले भन्नुभयो, “महर्जनले प्रवास र पहिचानबीचको द्वैततालाई अँगाल्दै कविको रूपमा आफ्नो स्वरलाई दृढ बनाएका छन्।”

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका प्रतिनिधिहरू गीता खत्री, ज्योति पौडेल, लक्ष्मी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतले पुस्तकको सफलताको शुभकामना व्यक्त गर्नुभयो। अन्य वक्ताहरूमा आनन्द श्रेष्ठ, गोविन्द कोइराला, तुलसी चित्रकार र नेपालभाषा कवि अमृत मान जः पनि हुनुहुन्थ्यो। साथै, नदिया लिवाङ, राम खत्री, बद्री पौडेल आदिको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा न्यूयोर्कका विभिन्न नेपाली सामाजिक तथा साहित्यिक सङ्गठनका प्रतिनिधिहरू र नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो, जसले यस कार्यक्रमलाई प्रवासी साहित्यको एक अविस्मरणीय उत्सव बनायो।

यो विमोचन कार्यक्रम निराला पब्लिकेशन्सको संयोजनमा स्थानीय निकायहरूको सहकार्य र फूडमाण्डुको सहयोगमा सम्पन्न भएको हो। ‘ओड टु यल’ अहिले अमेजन, फ्लीपकार्ट र दराजमा उपलब्ध छ र चाँडै नेपालका प्रमुख पुस्तक पसलहरूमा पनि पाइनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com