टिकटकप्रति नरम ट्रम्प : बेच्ने समयसीमा सेप्टेम्बरसम्म बढाए, चीनसँग सहमति हुनेमा आशावादी


प्रकाशित मिति : असार ५, २०८२ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडान्सलाई अमेरिकी मालिकलाई बेच्नको लागि दिइएको समयसीमा थप ९० दिन थप गरेका छन्। अब टिकटकलाई बेच्ने वा बन्द गर्ने म्याद सेप्टेम्बर १७, २०२५ सम्म कायम हुनेछ।

राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भने, ‘मैले अहिले कार्यकारी आदेशमा हस्ताक्षर गरें जसले टिकटकलाई बन्द गर्ने म्यादलाई ९० दिन थप गरेको छ।’ उनको सो पोस्टमा कार्यकारी आदेशको प्रतिलिपि समेत संलग्न गरिएको थियो।

ट्रम्प प्रशासनको दबाबमा टिकटक अमेरिकी राष्ट्रिय सुरक्षाको कारण देखाउँदै बिक्री वा बन्द गर्ने निर्णय गरिसकेको थियो। सन् २०२५ को जनवरीमा उक्त निर्णय लागू गर्ने तयारी गरिएको थियो। तर, ट्रम्पले यसअघि नै दुई पटक उक्त म्यादलाई स्थगन गरेका थिए।

ट्रम्पले टिकटकलाई राजनीतिक दृष्टिले पनि प्रयोग गरेका थिए। सन् २०२४ को राष्ट्रपति चुनावमा उनले टिकटकमार्फत अमेरिकी युवावर्गको ध्यान तान्न सफल भएका थिए। त्यसैले उनले टिकटक बन्द गर्नुभन्दा बिक्री गरी अमेरिकी संचालनमै राख्ने योजना बनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सम्झौता हुनेमा आशावादी देखिएका छन्। उनले भने, ‘हामी चाहन्छौं, टिकटक अमेरिकी बजारमा रहोस् । हामी विश्वास गर्छौं, राष्ट्रपति सीले यस्तो सम्झौतालाई समर्थन गर्नुहुनेछ।’

टिकटकले आधिकारिक प्रतिक्रिया दिंदै ट्रम्पप्रति आभार व्यक्त गरेको छ। टिकटकको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पको नेतृत्व र समर्थनप्रति हामी आभारी छौं, जसले गर्दा टिकटक अझै १७ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ता र ७५ लाख अमेरिकी व्यवसायहरूका लागि उपलब्ध रहनेछ। हामी उपराष्ट्रपति जेडी भान्सको कार्यालयसँग निरन्तर समन्वयमा छौं।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com