पूर्व विद्यार्थीले विद्यालयमा अन्धाधुन्ध गोली प्रहार गरेपछि ९ जना मारिए


प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार

AUSTRIA-SHOOTING-SCHOOL

अष्ट्रियाको दोस्रो ठूलो सहर ग्राजमा मंगलबार बिहान एक विद्यालयमा भएको गोलीकाण्डमा ९ जनाको ज्यान गएको छ ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार थुप्रै घाइते भएका छन् । घाइते हुनेहरूमा विद्यार्थी र शिक्षकहरू समेत रहेका छन्, जसमा धेरै जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

घटना लेंड नामक क्षेत्रमा अवस्थित बिओआरजी नामक विद्यालयमा बिहान करिब १० बजे भएको हो। घटनामा संलग्न भएको आशङ्का गरिएका २२ वर्षीय युवक विद्यालयका पूर्व विद्यार्थी रहेको जनाइएको छ। उनले आफैँमाथि पनि गोली प्रहार गरी ज्यान लिएका छन् भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ।

यस प्रकारको घटना अष्ट्रियाको इतिहासमै सबैभन्दा दुःखद विद्यालयजन्य हिंसात्मक घटनामध्ये एक मानिएको छ। घटनालगत्तै प्रहरीले ठूलो सङ्ख्यामा सुरक्षा व्यवस्था मिलाएको थियो। एक हेलिकप्टरसमेत परिचालन गरिएको थियो। विद्यालय पूर्ण रूपमा खाली गरिसकिएको छ र हाल थप जोखिम नरहेको प्रहरीले जानकारी दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्राज सहर अष्ट्रियाको स्टायरिया प्रान्तको राजधानी हो, जुन शैक्षिक केन्द्रको रूपमा प्रसिद्ध छ। यहाँ विभिन्न कलेज तथा विश्वविद्यालयहरू रहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com