बेलायती प्रसिद्ध पत्रिका ‘द टेलिग्राफ’ अमेरिकी स्वामित्वमा लैजाने सहमति, कतिमा बिक्री भयो ?


प्रकाशित मिति : जेष्ठ ९, २०८२ शुक्रबार

अमेरिकी लगानी समूह ‘रेडबर्ड क्यापिटल पार्टनर्स’ले प्रसिद्ध बेलायती पत्रिका ‘द टेलिग्राफ’लाई ५० करोड पाउन्ड (करिब ६७ करोड अमेरिकी डलर) मा खरिद गर्ने सम्झौतामा सहमति जनाएको छ ।

रेडबर्डले ‘द टेलिग्राफ मिडिया ग्रुप (टिएमजी)’ सँग १७० वर्ष पुरानो अखबारको प्रिन्ट र अनलाइन सेवा खरिद गर्न सैद्धान्तिक सहमति गरेको हो ।

अघिल्लो कन्जरभेटिभ सरकारको हस्तक्षेपपछि यसले लगभग दुई वर्ष लामो प्रक्रियापछि बिक्रीको लागि निष्कर्ष निकालेको हो ।

‘अमेरिका–इमिरेट्स कन्सोर्टियम रेडबर्ड आईएमआई’ले सन् २०२३ को अन्त्यतिर टिएमजीका लागि सम्झौता गरिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अबुधाबीको प्रेस सेन्सरसिपको उच्च हस्तक्षेपका कारण अभिव्यक्ति स्वतन्त्रतामा पर्न सक्ने सम्भावित असरको चिन्ताका बीच अघिल्लो बेलायती सरकारले पत्रिकाको द्रूत पुनविक्री सुरु गरेको थियो ।

रेडबर्ड क्यापिटल पार्टनर्सले शुक्रबार टीएमजीसँग भएको सम्झौताले यसलाई ‘एकमात्र नियन्त्रण मालिक’ बनाएको र सन् १८५५ मा स्थापित पत्रिकाको ‘विकाशमा नयाँ युगको सुरूवात’ गरेको बताएको छ।

द टेलिग्राफलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न रेडबर्डको विकास रणनीतिमा डिजिटल सेवा, सदस्यता र पत्रकारितामा पूँजी लगानी समावेश हुनेछ ।

अमेरिकी समूहले आगामी दिनमा पत्रिकाको स्वरूप कस्तो बनाउने भन्ने बिषयमा ‘प्रिन्ट मिडियाको विशेषज्ञता र द टेलिग्राफको सम्पादकीय मूल्यमान्यतालाई कायम राख्ने दृढ प्रतिबद्धता भएका बेलायतका अल्पसङ्ख्यक लगानीकर्ताहरूसँग छलफल गरिरहेको’ बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com