क्यानडामा विपक्षी कन्जर्भेटिभ पार्टीका नेताले नै चुनाव हारे


प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार

क्यानडाको संघीय चुनावमा कन्जर्भेटिभ पार्टीका नेता पिअर पोइलिएभ्र पराजित भएका छन । उनले आफ्नो निर्वाचन क्षेत्र कार्लटनमा हार बेहोरेका छन् । उनी यो निर्वाचन क्षेत्रमा सात पटकसम्म जित्दै आएका थिए ।

यससँगै उनी क्यानडाको संसदमा प्रवेश गर्न असफल भएका छन् । लामो समयदेखि सम्भावित प्रधानमन्त्री मानिँदै आएका नेताका लागि यो आश्चर्यजनक झड्का भएको छ ।

यद्यपि कन्जर्भेटिभ पार्टीले यस चुनावमा सिट संख्या र मत प्रतिशत भने दुबै बढाएको छ । मार्क कार्नी नेतृत्वको लिबरल पार्टीले संसदमा बहुमत कायम राख्दै सरकार गठन गर्न सफल भएको छ ।

पोइलिएभ्रलाई ब्रुस फ्यानजॉयले हराएका हुन । उनी लिबरल पार्टीका उम्मेदवार हुन् । उनीहरूले चुनावमा निर्वाचन सुधारको माग गर्दै मैदानमा उत्रिएका ९१ जना उम्मेदवारमध्ये एक थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोइलिएभ्रले सोमबार राती चुनाव स्वीकार गर्दै पार्टीले २० भन्दा बढी सिट थपेको बताए । तर, हामी पूर्ण लक्ष्यमा पुग्न सकेनौं । परिवर्तन आवश्यक छ, तर सजिलो हुँदैन । समय लाग्छ उनले भनेका छन ।

तर संसदमा नहुँदा उनी औपचारिक विपक्षी नेताको भूमिकामा भने रहन नसक्ने भएका छन । यदि उनी पार्टी नेता रूपमा टिक्न चाहन्छन् भने, कन्जर्भेटिभ सांसदहरूले आफ्नो सिट खाली गरेर उपचुनावको बाटो खोल्नुपर्नेछ ।

क्यानडाको संविधानअनुसार यस्तो उपचुनाव घोषणा ११ दिनदेखि १८० दिन भित्र गर्नुपर्छ । पार्टी भित्रै पनि उनको नेतृत्वमाथि असन्तोष बढ्दै गएको बताइएको छ ।
कन्जर्भेटिभ पार्टीले ऐतिहासिक रूपमा सबैभन्दा ठूलो विपक्षी दलको भूमिका पाउने भने पक्का छ ।

चुनावमा बहुमत जितेका लिबरल पार्टीका नेता मार्क कार्नीले ओटावामा आयोजित सभामा समर्थकहरूलाई धन्यवाद दिँदै “ट्रम्पले हाम्रो संप्रभुता तोड्ने प्रयास गरे। तर क्यानडाली जनताले त्यसको स्पष्ट जवाफ दिएका छन्।”

यो चुनाव अर्थतन्त्र, अमेरिकी भन्सार नीतिहरू र संभावित भू राजनीतिक संकट जस्ता मुद्दाहरूले प्रभावित भएको थियो।

क्यानडाको राजनीतिक परिदृश्य परिवर्तन हुँदै गर्दा अब सबैको नजर संसदको आगामी सत्र र विपक्षी नेतृत्वको भविष्यमा केन्द्रित रहनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com