युरोपेली संघद्वारा एप्पल र मेटालाई ८०० मिलियन डलर जरिवाना, व्यापार मोडल परिवर्तन गर्न आदेश


प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार

युरोपेली संघ (ई.यू.) ले प्राविधिक दिग्गजहरू एप्पल र मेटालाई संयुक्त रूपमा करिब ८०० मिलियन डलर जरिवाना गरेको छ। साथै, डिजिटल प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने उद्देश्यले बनाइएको सङ्घको व्यापक नियमहरूको कथित उल्लङ्घन गरेको भन्दै एप्पललाई ६० दिनभित्र आफ्नो व्यापार मोडलका केही पक्षहरू परिवर्तन गर्न आदेश दिइएको छ।

युरोपेली संघको कार्यकारी निकायले एप्पललाई प्रयोगकर्ताहरूलाई एप स्टोर बाहिर सस्तो विकल्पहरूमा निर्देशित गर्नबाट एप डेभलपरहरूलाई रोक लगाउने प्रतिबन्धहरू हटाउन निर्देशन दिएको छ। संघका अनुसार, स्ता प्रतिबन्धहरूले स्वतन्त्र प्रतिस्पर्धालाई अवरोध पुर्‍याउँछ।

यसैबीच, मेटाले सन् २०२४ को अन्तमा प्रस्तुत गरेको नयाँ व्यक्तिगत विज्ञापन मोडलको मूल्याङ्कन भइरहेको नियामकले जनाएको छ। मेटाले यसअघि ‘सहमति वा भुक्तानी’ प्रणाली लागू गरेको थियो, जसअनुसार फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई विज्ञापन-रहित सेवाका लागि भुक्तानी गर्नुपर्ने वा उनीहरूको व्यक्तिगत डेटालाई लक्षित विज्ञापनका लागि प्रयोग गर्न अनुमति दिनुपर्ने थियो। संघले प्रयोगकर्ताहरूलाई कम व्यक्तिगत डेटा प्रयोग गर्ने कम व्यक्तिगत सेवा छनोट गर्ने विकल्प दिनुपर्ने बताएको छ।

मेटाको जरिवाना सन् २०२४ को मार्चदेखि नोभेम्बरसम्मको अवधिलाई समेट्छ, जब ईयूले आफ्नो २०२२ को डिजिटल मार्केट्स एक्ट लागू गर्न शुरू गरेको थियो। यो अवधिमा मेटाले उक्त ‘सहमति वा भुक्तानी’ मोडल प्रयोग गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जरिवानाको रकममा एप्पललाई ५०० मिलियन युरो (करिब ५७० मिलियन डलर) र मेटालाई २०० मिलियन युरो (करिब २२७ मिलियन डलर) तोकिएको छ। यो डिजिटल मार्केट्स एक्ट अन्तर्गत जारी गरिएको पहिलो जरिवाना हो। यो कानूनले कम्पनीको वार्षिक राजस्वको १० प्रतिशतसम्म जरिवाना गर्न सक्ने प्रावधान राखे पनि यो पटकको जरिवाना त्यसभन्दा कम छ।

यो घोषणा यस्तो समयमा भएको छ जब ट्रम्प प्रशासन र ई.यू. नेताहरूले शुल्कसम्बन्धी वार्ता गरिरहेका छन्, जसमा अमेरिकी प्राविधिक कम्पनीहरूलाई लक्षित शुल्कहरू पनि समावेश हुन सक्छन्।

मेटाले युरोपेली संघमाथि अमेरिकी कम्पनीहरूलाई युरोपेली र चिनियाँ व्यवसायहरूभन्दा कठोर व्यवहार गरेको आरोप लगाएको छ। मेटाका प्रमुख विश्व मामिला अधिकारी जोएल क्यापलानले भने, ‘यो केवल जरिवानाको कुरा होइन, आयोगले हामीलाई हाम्रो व्यापार मोडल परिवर्तन गर्न बाध्य पार्दैछ, जसले मेटामाथि बहु-अर्ब डलरको शुल्क लगाउँछ र हामीलाई निम्नस्तरको सेवा प्रदान गर्न बाध्य पार्छ।’ मेटाले यो निर्णयविरुद्ध अपील गर्ने योजना बनाएको छ।

एप्पलले पनि यो निर्णयविरुद्ध अपील गर्ने जनाएको छ। कम्पनीका एक प्रवक्ताले आयोगले नयाँ नियमहरू पालना गर्न दर्जनौँ परिवर्तन गरिसकेपछि पनि ‘लक्ष्य पोस्टहरू सारिरहेको’ आरोप लगाए। ‘यी घोषणाहरूले आयोगले एप्पललाई अनुचित रूपमा लक्षित गरेको अर्को उदाहरण प्रस्तुत गर्छ, जुन हाम्रा प्रयोगकर्ताहरूको गोपनीयता र सुरक्षाका लागि, उत्पादनहरूका लागि हानिकारक छ र हामीलाई हाम्रो प्रविधि निःशुल्क दिन बाध्य पार्छ’, प्रवक्ताले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com