थाइल्यान्डको बैंककस्थित नेपाल राजदूतावासले म्यानमारमा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पले नेपालीहरूलाई क्षति नभएको जनाएको छ ।
थाइल्यान्डका लागि नेपाल राजदूत धनबहादुर वलीले भूकम्पले नेपालीलाई कुनै क्षति नपुर्याएको बताए । वलीले खसोखाससँग कुरा गर्दै अहिलेसम्म कुनै नेपालीलाई चोटपटक लागेको जानकारी नआएको जानकारी दिए । उनले भने, “अहिले सम्म कुनै नेपालीलाई चोटपटक लागेको जानकारी आएको छैन ।”
नेपाली राजदूतावासले भूकम्पबाट घाइते वा कठिन अवस्थामा रहेका नेपालीहरूले राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
दूतावासले राजदूत वलीको सम्पर्क नम्बर +६६९४३२१७४९०, प्रथम सचिव खगराज पाण्डे +६६८६९९१५५५५, प्रथम सचिव कुमार रेग्मी +६६८१६२३४५३४, तृतीय सचिव आकाश अधिकारी +६६८४६६०६०२९ र कार्यालय सचिव सुरज भक्त श्रेष्ठको सम्पर्क नम्बर +६६९९६५९८९६१ मा सम्पर्क गर्न समेत अपिल गरेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।