अमेरिकाले हतकडी र नेल लगाएर नेपालीलाई फिर्ता पठाएको भन्दै सांसदहरूको आपत्ति


प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार

सङ्घीय संसद भवन नयाँबानेश्वरमा आज बसेको प्रतिनिधिसभाको बैठकमा सहभागीहरू । तस्बिरः रत्न श्रेष्ठ/रासस

विभिन्न देशहरूमा आधिकारिक कागजातबिना बसेका नेपालीहरूलाई स्वदेश फर्काउने क्रममा अमानवीय व्यवहार भएको भन्दै प्रतिनिधिसभा सदस्यहरूले आपत्ति जनाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले विदेशमा कागजातविहीन नेपालीहरूलाई अमानवीय तरिकाले स्वदेश फर्काइएको भन्दै आपत्ति जनाएका हुन् । बैठकको आकस्मिक समयमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाबाट मात्र नभई विश्वव्यापी रूपमा अवैधानिक तरिकाले बसेका नेपालीहरूलाई स्वदेश फर्काउने क्रममा अमानवीय व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, “अमेरिकाबाट नेपालबाट होइन, विश्वव्यापी रूपमा अवैधानिक तरिकाले बसेकाहरूलाई फर्काउने चलन चलिरहेको छ र फर्काइराखिएको छ । नेपालीहरूलाई पनि फर्काइएको समाचार आएको छ । जो सुकैले गरेको भए पनि अमानवीय व्यवहार बन्द गरियोस् । विश्वव्यापी मानवअधिकारको मूल्य र मान्यताभित्र साथै मानवअधिकारका कानुनभित्र रहेर मानवीय व्यवहार गरियोस् ।”

बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले हालै अमेरिकाबाट देश निकाला भएका नेपालीहरूलाई अपमानजनक तरिकाले हातमा हतकडी र खुट्टामा नेल लगाएर स्वदेश फर्काइएको भन्दै आपत्ति जनाए । उनले मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्य र मान्यता विपरीत नेपालीहरूलाई फिर्ता गरिएको जिकिर गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने, “नेपालीहरूलाई निकै अपमान जनक तरिकाले हातमा हतकडी, खुट्टामा नेल लगाएर र मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्य र मान्यता विपरीत नेपालीहरूलाई फिर्ता  गरियो ।”

उनले दुबईबाट दुई हजार पाँच सय, जापानबाट दुई जना र दक्षिण कोरिया, श्रीलङ्का, अजरबैजान लगायतका देशबाट नेपालीहरू फिर्ता आउने क्रम जारी रहेको बताउँदै विदेशमा रहेका नेपालीहरूलाई सुरक्षा गर्न र सहजतापूर्वक नेपालीहरूलाई फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराए ।

अमेरिकाले बुधबार ८ जना नेपालीलाई जहाज चार्टड गरेर स्वदेश फर्काएको थियो । यस्तै, एक जना नेपाली नियमित जहाजमार्फत स्वदेश आएका थिए । नेपाल डिपोर्ट भएकाहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाएको थियो ।

ब्युरोले उनीहरूलाई बुधबार दिनभर सोधपुछ गरेर साँझ परिवारको जिम्मा लगाएको थियो । प्रहरीको सोधपुछको क्रममा उनीहरूले हातखुट्टामा हतकडी र नेल लगाएर नेपाल फर्काइएको बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com