अमेरिकामा यौन दुर्ब्यबहारको अभियोगमा फुयाल र तामाङविरुद्ध देशब्यापी वारेन्ट जारी


प्रकाशित मिति : फाल्गुन १६, २०८१ शुक्रबार

अमेरिकामा यौन दुव्र्यहारको अभियोगमा २० बर्षका दिपक फुयाल र १९ बर्षका सुजन तामाङविरुद्ध देशब्यापी वारेन्ट जारी गरिएको छ । मिनेसोटा कलेजमा अध्ययनरत विद्यार्थीमाथि यौन दुब्र्यबहारको आरोपमा उनीहरुविरुद्ध वारेन्ट जारी गरिएको हो ।

२० वर्षीय दीपक फुयाललाई फर्स्ट र थर्ड डिग्री आपराधिक यौन आचरणका साथै फर्स्ट डिग्रीलाई आपराधिक यौन आचरणमा सहयोग गरेको अभियोग लगाइएको छ ।

१९ वर्षीय सुजन तामाङले आपराधिक यौन दुव्र्यवहारलाई सहयोग गर्ने र दुरुत्साहन गर्ने दुईवटा मुद्दा र चौथो डिग्रीको एउटा मुद्दाको सामना गर्नुपरेको छ।

यी दुई पुरुषहरूमाथि सेन्ट क्लाउडको फर्स्ट एभिन्यू साउथमा एक छात्रालाई उनको छात्रावासको कोठामा जबरजस्ती लगेर यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महिलाले घटनाबारे रिपोर्ट गरेपछि सार्वजनिक सुरक्षा अधिकारीले फुयाल र तामाङलाई संदिग्धको रूपमा पहिचान गरेको उजुरीमा उल्लेख छ। उनीहरू कथित रूपमा छात्रावासको लबीमा ह्याङ्ग आउट गरेको निगरानी भिडियोमा देखिएको छ ।

घटनाको केही घण्टापछि दीपक फुयालले इन्स्टाग्रामबाट उनको अवस्था जाँच गर्न सन्देश पठाएको जनाइएको छ । दुबै जनाले प्रहरीसँगको अन्तर्वार्तामा संलग्नता अस्वीकार गरेका थिए ।

पीडितको स्वास्थ्य परीक्षणका क्रममा लिइएको डीएनए नमूनामा दुवैको नतिजा मिलेको उजुरीमा उल्लेख छ । दुबै पुरुषहरूले मिनेसोटा छोडेका र तिनीहरूको ठेगाना अज्ञात रहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com