मिस नेपाल नर्थ अमेरिका २०२५ का लागि आवेदन खुला


प्रकाशित मिति : फाल्गुन १०, २०८१ शनिबार

मिस नेपाल नर्थ अमेरिका २०२५ का लागि आवेदन आजबाट औपचारिक रूपमा खुला भएको छ। यो प्रतियोगितामा उत्तर अमेरिकाभरिका नेपाली मूलका महिलाहरू सहभागी हुनसक्नेछन् ।

आयोजकले उत्साहका साथ आवेदन खुला भएको घोषणा गरेका छन् र यो कार्यक्रम परम्परागत सौन्दर्य मापदण्डभन्दा माथि उठ्ने वाचा गरेका छन्। यो प्रतियोगिता सौन्दर्य छालाभन्दा गहिरो रुपमा परिभाषित गर्ने अद्वितीय ग्ल्यामरको रात हुने आयोजकको भनाई छ ।

आफूहरुले हरेक प्रतियोगीका अद्वितीय कथाहरूलाई उत्सव मनाउने तथा यो मञ्चले विविधताले प्रकाश फैलाउनुका साथै हरेक मुस्कानले भित्री शक्तिलाई प्रतिबिम्बित गर्ने ड्रिम्स युनिभर्सलका संस्थापक तथा मिस नेपाल नर्थ अमेरिकाका सीईओ शैलेन्द्र श्रेष्ठले बताएका छन् । यो प्रतियोगिता केवल एक प्रतिस्पर्धा मात्र नभइ सबैलाई प्रेरणा दिने र दीर्घकालीन प्रभाव पार्ने मञ्च समेत भएको उनले बताएका छन् । प्रतियोगिता आगामी अगस्त २ मा न्युयोर्कमा हुनेछ ।

मिस नेपाल नर्थ अमेरिका २०२४ को झलक ।

प्रतियोगीहरूलाई आफ्नो सुन्दरतामात्र नभई आफूलाई परिभाषित गर्ने संकल्प र विश्वास प्रदर्शन गर्नका लागि कार्यक्रममा सहभागी हुन निम्तो दिइएको छ। आयोजकले प्रतियोगिताको गहिरो उद्देश्यलाई जोड दिदै महिलाहरूलाई विश्वमा अमिट छाप छोड्न सशक्त बनाउनु आफूहरुको उद्देश्य रहेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोजकका अनुशार प्रतियोगितामा भाग लिन १८ देखि २९ बर्ष बीचको हुनुपर्छ । उत्तर अमेरिका निवासी अविवाहित हुनुपर्छ । विगतमा विहे गरेको समेत हुनुहुँदैन । हाईस्कुल वा सो सरहको शैक्षिक योग्यता भएको हुनुपर्छ भने न्यूनतम उचाई ५ फिट १ इन्च हुनुपर्छ ।

यस अगाडि नर्थ क्यारोलिनाकी अन्ना कोइरालाले मिस नेपाल नर्थ अमेरिका २०२४ को ताज पहिरिएकी थिइन्। सन् २०२३ मा यो उपाधि जुबली शेर्पाले जितेकी थिइन् भने त्यसअघिका विजेताहरूमा सन् २०१८ मा मोनिका घले, २०१९ मा श्रीया गजुरेल, २०२१ मा गरिमा ज्ञवाली र २०२२ मा प्रतियुशा बोहोरा रहेका थिए । सन् २०२० मा कोभिड १९ महामारीका कारण प्रतियोगिता रद्द गरिएको थियो।

आधिकारिक वेवसाइट मार्फत मिस नेपाल नर्थ अमेरिकाको लागि आवेदन दिन यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com