भारतको एक विश्वविद्यालयमा नेपाली छात्राको शंकास्पद मृत्यु, सबै नेपाली विद्यार्थीलाई घर फर्काइयो


प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार

????????????????????????????????????

भारतको ओडिशामा एक निजी इन्जिनियरिङ कलेजमा बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्राको शङ्कास्पद मृत्यु भएको छ । ओडिशा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको आइतबार साँझ शङ्कास्पद मृत्यु भएको हो ।

केआईआईटीले नेपाली विद्यार्थी लम्सालले छात्रावासमा आत्महत्या गरेको एक विज्ञप्तिमार्फत जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रुपन्देहीको बुटवल घर भएकी लम्साल केआईआईटीमै अध्ययनरत एक छात्रसँग प्रेम सम्बन्धमा थिइन्। भुवनेश्वर प्रहरीले आरोपित छात्रलाई पक्राउ गरेर प्रहरी हिरासतमा राखेको छ । प्रहरीले आरोपित छात्रसँग सोधपुछ भइरहेको जनाएको छ । यस्तै, प्रहरीले छात्राको मोबाइल फोन, ल्यापटप र अन्य उपकरणहरू जफत गरी घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

लम्सालको मृत्युको घटनापछि नेपाली विद्यार्थीहरूले सत्य तथ्य छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले आइतबार रातिदेखि केआईआईटी परिसरमा भेला भएर न्यायको माग गर्दै प्रदर्शन गरेका थिए। विद्यार्थीको प्रदर्शनपछि विश्वविद्यालयले एक सूचना जारी गरेर नेपाली विद्यार्थीहरूलाई घर फर्काएको छ ।

नयाँदिल्लीस्थित नेपाली राजदूतावास के भन्छ ? 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।

दूतावासले सो इन्स्टिच्युटमा विकसित घटनाक्रमका सम्बन्धमा उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको सूचनाप्राप्त हुनासाथ संस्थाका रजिष्ट्रारलगायत प्रतिनिधिसँग छलफल गर्दै सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको दूतावासले जनाएको छ । उक्त संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउनसमेत दूतावासले अनुरोध गरेको छ । “यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाइ कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी गराएको छ”, दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, उक्त शैक्षिक संस्थाकी विद्यार्थी प्रकृति लम्सालको मृत्यु सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धानको विषयलाई संस्थाले गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको छ । “यस घटनाका सम्बन्धमा राजदूतावासले नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ । प्रभावित नेपाली विद्यार्थी एवं अभिभावकले केही समस्या भएमा राजदूतावाससँग सम्पर्क राख्न सक्नुहुनेछ”, विज्ञप्तिमा भनिएको छ ।

नेपालका प्रधानमन्त्री ओलीले के भने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राको मृत्यु भएको विषयमा सरकारले कूटनीतिक तवरबाट काम गरिरहेकोे बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सो विषयमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको बताएका हुन् ।

ओडिसा घटनाका विषयमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री डा देउवा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छिन् ।

सो विश्वविद्यालयको छात्राबासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफूले आज बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको उनले बताइन् ।

एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहेकी मन्त्री डा देउवाले यससम्बन्धी समाचार आएपछि विषयलाई गम्भीर रूपमा लिएर आज बिहानदेखि नै कूटनीतिक पहल सुरु गरेको उनको सचिवालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com