भारतबाट फर्किएर बाख्रापालनमा जमेका दीपक, वार्षिक कमाउँछन् ६ लाख


प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार

बैतडीको सिगास गाउँपालिका–९ जालहाल्लाका ४१ वर्षीय दीपक चन्दका साथीहरु रोजगारीको खोजीमा भारततिर छन् । गाउँका अधिकांश युवा तेस्रो मुलुक छन् । दीपक भने गाउँमै बाख्रापालन व्यवसायमा छन् । उनलाई बाख्रापालन व्यवसायले घरायसीसहित छोराछोरीको पढाइ खर्च व्यवस्थापन गर्न कुनै समस्या छैन ।

“मलाई पनि बाहिर जाने सोच नआएको भने होइन, तर गाउँमै केही गर्नुपर्छ भन्ने लागेर व्यावसायिक रुपमा बाख्रा पाल्न थाले”, उनले भने, “मेहनतअनुसारको आम्दानी पनि राम्रै भइरहेको छ ।” विगत छ वर्षदेखि व्यावसायिक बाख्रापालन गरीरहेका दीपकको फार्ममा अहिले स्थानीय र बोयर क्रस जातका गरि ७० बढी बाख्रा छन् । तिमध्ये ४७ माउ, आठ खसी र बाँकी पाठापाठी छन् । उनीहरुका लागि व्यवस्थित खोर पनि निर्माण गरिएका छन् ।

“चार वर्ष रोजगारीका लागि भारत गए, सेक्युरेटी गार्डको काम थियो, तलब तीन हजार ५०० भारु मात्रै थियो, त्यहाँ श्रमको उचित मूल्याङ्कन नभएको महसुस हुन्थ्यो, अहिले गाउँमै बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रुपमा अघि बढे”, उनले भने, “अहिले वार्षिक रु छ लाखसम्म आम्दानी हुन्छ ।”

बाख्रापालन व्यवसाय पहिले पनि गर्दै आएको भए पनि २०७५ मा उदयदेव कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर व्यावसायिक रुपमा अघि बढेको उनले बताए । “दुई हप्ताअघि मात्रै खसी र माउ गरी ४० जति बिक्री गर्यौँ, ग्राहक खोज्न पनि कुनै समस्या छैन, अधिकांश व्यवसायी घरसम्मै खरिद गर्न आइपुग्छन्”, उनकी श्रीमती नरेन्द्रा चन्दले भनिन्, “चरनको समेत त्यस्तो समस्या छैन, व्यवसायबाट सन्तुष्ट छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनबाट बाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणका लागि खोप तथा व्यवसाय प्रवद्र्धनका लागि आवश्यक प्राविधिक सहयोग प्राप्त हुँदै आएको चन्द दम्पतीको भनाइ छ । उनीहरुले बाख्रापालन व्यवासयबाट राम्रो आम्दानी गर्न थालेपछि गाउँका अन्य व्यक्ति पनि यस पेसातर्फ आकर्षित हुन थालेका छन् ।

सोही ठाउँका स्थानीय कृष्ण चन्द पनि बाख्रा दीपकसँग आवश्यक सहयोग लिएर बाख्रा पालन व्यवसायमा लागेका छन् । आम्दानीको राम्रो सम्भावना भएकाले २०७८ सालदेखि व्यावसायिक रुपमै बाख्रा पाल्न थालेको उनले बताए । “खोर निर्माण गर्दा झन्डै रु चार लाख जति खर्च लाग्यो, स्थानीय र बोयर गरी ४० बाख्रा छन्, आम्दानी पनि ठिकठिकै छ”, उनले भने, “घरायसी खर्चको व्यवस्थापन यसैबाट भइरहेको छ ।”

बाख्रामा देखिने अज्ञात रोगले भने सताउने गरेको उनले बताए । “गत वर्ष मात्रै २० बाख्रा बिरामी परेर मरे, केही घाटा बेहोर्नु पर्यो, चुनौती यही छ”, कृष्णले भने । यो आर्थिक वर्षमा बाख्रापालन व्यवसाय गरिरहेका किसानका लागि बाख्रा मोडेल फार्म कार्यक्रम कार्यान्वयनको चरणमा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रका प्रमुख गुमानी पन्तले जानकारी दिए । सो कार्यक्रमका लागि आवेदन माग गरेको तथा छनोटको प्रक्रियामा रहेको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com