रुसबाट जोगिन युरोपको सेना बनाउन जेलेन्स्कीको प्रस्ताव


प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार

Ukrainian President Volodymyr Zelenskyy poses at theFrench National Assembly before his address to lawmakers, Friday, June 7, 2024 in Paris. U.S. President Joe Biden was due to meet with Ukrainian President Volodymyr Zelenskyy in Paris on Friday as Kyiv’s army endures its hardest days of fighting since the early weeks of the war with Russia and prepares for what officials say could be a tough summer ahead. (Julien de Rosa/Pool via AP)

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपको सेना बनाउन प्रस्ताव गरेका छन ।

रुसका विरुद्ध सुरक्षा गर्न युरोपको सेना आवश्यक भएको भन्दै उनले उक्त प्रस्ताव गरेको बताएका हुन ।

अमेरिकाले युरोपको सुरक्षा गर्न नसकिने बताउन थालेपछि जेलेन्स्कीले युरोपको सेनाको प्रस्ताव गरेका हुन ।

म्युनिक सम्मेलनमा बोल्दै उनले युक्रेनसँग सहमति बिना गरिएका कुनैपनि सम्झौतालाई युक्रेन मान्न बाध्य नहुने उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति वार्ता सुरु गर्न सहमति जनाएपछि जेलेन्स्कीसँगै युरोपका देशहरुले असन्तुष्टि जनाएका देखिएको छ ।

युरोपेली लोकतन्त्रलाई आक्रमण गर्दै अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले युरोपलाई रक्षा सुदृढ गर्न आवश्यकता रहेको बताएका थिए ।

अमेरिकाका उपराष्ट्रपतिले युरोप र अमेरिकाबीचको पुरानो सम्बन्धको दशक समाप्त हुँदै गरेको स्पष्ट पारेका छन ।

युरोपको सेना बनाउने विचार अरू युरोपका नेताहरूले पनि प्रस्ताव गरेका देखिएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले लामो समयदेखि युरोपीय संघको आफ्नै सेना हुनुपर्ने आवाज उठाइरहेका छन । जेलेन्स्कीले रूस युरोपसँगको युद्धको तयारी गर्दै गरेको चेतावनी समेत दिएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com