अमेरिकामा बसाई सरेर नयाँ सुरुवातका लागि न्यूयोर्क राज्य सबैभन्दा उत्कृष्ट


प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार

people walking on pedestrian lane during night time

अमेरिकामा बसाई सरेर नयाँ सुरुवातका लागि न्यूयोर्क राज्य सबैभन्दा उत्कृष्ट रहेको एक अध्ययनले देखाएको छ । हरेक वर्ष जीवनमा नयाँ सुरुवात गर्न खोज्ने मानिसहरू नयाँ ठाउँमा बसोबास गर्न चाहने गरेकोमा एक सर्वेक्षणमा ८२ प्रतिशत अमेरिकीहरूले नयाँ सुरुवात गर्न चाहेको देखिएको छ, जसमा धेरैले स्थान परिवर्तन गर्ने सोच बनाएका छन्।

भ्यु होम्सले मानिसहरू सर्ने मुख्य कारणहरूको आधारमा ६ प्रमुख मापदण्डहरू संकलन गरी कुन कुन राज्यहरू बसोबासका लागि उपयुक्त छन् भन्ने निर्णय गरेको छ।
नयाँ सुरुवातका लागि सबैभन्दा राम्रो ठाउँ पत्ता लगाउन विभिन्न मापदण्डहरु हेरिएको थियो ।

मानिसहरूको लागि आर्थिक स्वतन्त्रता प्रमुख कारण भएकाले जीवनयापनको खर्च, रोजगारी अवसरहरू र आर्थिक तथ्यांकलाई हेरिएको थियो । साथै अपराध दर, जीवनस्तर, र सामाजिक सम्बन्धजस्ता कारकहरू पनि महत्त्वपूर्ण मानिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बसाई सराई गरेर नयाँ सुरुवातका लागि न्यूयोर्क पहिलो स्थानमा रहेको छ। न्यूयोर्क रोजगारी अवसरहरू, जीवनस्तर र आर्थिक रूपमा बलियो राज्यको रूपमा उच्च स्थानमा आएको छ। क्यालिफोर्निया र टेक्सास क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

राज्यहरूको छनोट जीवनस्तर, अपराध दर, आर्थिक तथ्यांक, र सामाजिक सम्बन्धको आधारमा गरिएको हो। २०२५ का लागि नयाँ सुरुवातका लागि शीर्ष १० राज्यहरूमा चौथोमा फ्लोरिडा, पाँचौंमा टेनेसी, छैठौंमा इलिनोय, सातौंमा पेन्सिलभेनिया, आठौंमा आयोवा, नवौंमा कोलोराडो र दशौंमा ओहायो रहेका छन् ।

न्यूयोर्कमा बस्न सबैभन्दा खराब स्थानहरू पनि सूचिकृत गरिएको छ । न्यूयोर्कका केही ठाउँहरू जीवनयापनका लागि उपयुक्त छैनन्। उच्च अपराध दर, महँगो जीवनयापन खर्च, र कमजोर अर्थतन्त्रका कारण यी स्थानहरू बस्न खराब मानिन्छन्।

बस्नका लागि खराब स्थानमा पहिलोमा बफेलो, दोश्रोमा रोचेस्टर, तेश्रोमा सिराक्यूस, चौथोमा नायग्रा फल्स र पाँचौंमा शेनेक्टाडी रहेका छन् । न्यूयोर्क बसोबासका लागि उत्कृष्ट राज्य भए पनि, केही सहरहरू बस्नका लागि चुनौतीपूर्ण मानिएका छन्। खराब सूचीमा न्यूयोर्क सिटी २० नम्बरमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com