अमेरिकी न्यायाधीशको निर्देशन : मस्कको टोलीलाई अर्थमन्त्रालयको तथ्याङ्क नदेउ


प्रकाशित मिति : माघ २६, २०८१ शनिबार

अमेरिकामा एलोन मस्कको टोलीलाई अर्थमन्त्रालयको तथ्याङ्क नदिन न्यायाधीशले निर्देशन दिएका छन ।

शनिबार आकस्मिक आदेश जारी गर्दै एलोन मस्कको सरकारी सुधार टोलीलाई ट्रेजरी डिपार्टमेन्ट (अर्थमन्त्रालय) मा भण्डारण गरिएका लाखौं अमेरिकीको व्यक्तिगत र वित्तीय तथ्याङ्कमा पहुँच नदिन निर्देशन दिएका हुन ।

अमेरिकी जिल्ला न्यायाधीश पल ए एन्जेलमेयरको आदेशमा अर्थ मन्त्रालयको भुक्तानी प्रणाली र अन्य तथ्याङ्कमा पहुँचलाई सीमित गरिएको छ।

फेब्रुअरी १४ मा हुने सुनुवाइसम्म लागू हुने अस्थायी प्रतिबन्धात्मक आदेशमा राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरी २० को उद्घाटनपछि अर्थ मन्त्रालयको रेकर्डबाट डाटा प्राप्त गर्ने कुनै पनि व्यक्तिले डाउनलोड गरिएका सबै सामग्री तत्काल नष्ट गर्नुपर्ने उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले राष्ट्रपति ट्रम्पले घोषणा गरेको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डीओजीई) ’ अन्तर्गत रही ट्रम्पको संघीय लागत कटौती प्रयासको नेतृत्व गरिरहेका छन ।

रिपब्लिकन पार्टीका राष्ट्रपति, अर्थमन्त्री स्कट बेसेन्टविरुद्ध १९ राज्यका महान्यायाधिवक्ताले शुक्रबार मुद्दा दायर गरेका छन ।

उनीहरूले प्रशासनले मस्कको डीओजीईका कर्मचारीहरूलाई संवेदनशील अर्थमन्त्रालयका तथ्याङ्कमा पहुँच विस्तार गरेर कानूनको उल्लङ्घन गरेको आरोप लगाएका छन्।

डीओजीईले सरकारी विभागको रूपमा काम गर्न कङग्रेसको अनुमोदन आवश्यक पर्दछ।

ट्रम्पका शीर्ष दाता तथा सहयोगी मस्क र उनको टोलीले नयाँ प्रशासनको पहिलो हप्तामा सङ्घीय एजेन्सीहरूमार्फत विदेशी सहायता कार्यक्रमहरू रोकेको, बजेट कटौती गरेको र सयौं सरकारी कर्मचारीहरूलाई हटाउने प्रयास गरेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com