सान फ्रान्सिस्को र डालसमा वाणिज्य दूतावास स्थापना निर्णयको नेपाली जनसम्पर्क समितिको स्वागत


प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार

नेपाल सरकारले क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासको डालसमा वाणिज्य दूतावासको कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ। समितिका सभापति आनन्द विष्टले भनेका छन्, “हामी नेपाल सरकारको यो निर्णयको हार्दिक स्वागत गर्दछौं।”

नेपालीहरूको जनघनत्व बढ्दै गएको अमेरिकाको पश्चिमी क्षेत्रको सान फ्रान्सिस्को शहर र मध्य क्षेत्रको टेक्सासको डालसमा वाणिज्य दूतावास स्थापनाका लागि विगत लामो समयदेखि नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेस र अन्य दलको नेतृत्वको सरकारसमक्ष निरन्तर माग गर्दै आएको बताइएको छ। पछिल्लो समय, संयुक्त राष्ट्र संघको महासभामा भाग लिन आएका बेला सेप्टेम्बरमा न्यूयोर्कमा रहँदा, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउबाज्यूसँग नेपाली जनसम्पर्क समितिलगायत त्यस क्षेत्रका नेपाली समुदायका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा वाणिज्य दूतावास स्थापनाका लागि विशेष अनुरोध गरिएको बिष्टले बताएका छन्।

भेटमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले मागलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको भन्दै वाणिज्य दूतावास गठन गर्ने विश्वास दिलाएको स्मरण गर्दै बिष्टले भनेका छन्, “माननीय परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ डाक्टर देउबाज्यूसँगको विभागीय मन्त्रालयमार्फत वाणिज्य दूतावास स्थापनाको प्रक्रियालाई तत्काल अघि बढाएर मन्त्रीपरिषदसमक्ष प्रस्तुत गर्ने कार्यान्वयनका चरणमा पुर्याई यसको नेतृत्व गर्नु भएकोमा हामी उहाँप्रति विशेष आभार व्यक्त गर्दछौं। साथै, सम्माननीय प्रधानमन्त्रीज्यू र सिंगो मन्त्रीपरिषदप्रति पनि धन्यवाद व्यक्त गर्दछौं।”

यसका लागि दुवै राज्य र शहरका नेपाली जनसम्पर्क समितिका च्याप्टर नेतृत्व र अन्य स्थानीय संघसंस्थाले गरेको सहयोग र समन्वयका लागि पनि बिष्टले आभार व्यक्त गरेका छन्। नेपाली कांग्रेसका नेताहरूको विभिन्न समयमा भएको अमेरिका भ्रमणका क्रममा व्यक्त प्रतिवद्धताको सम्मान गर्दै बिष्टले वक्तव्यमा भनेका छन्, “यो हामी सबैको सामूहिक प्रयत्नको साझा उपलब्धि हो।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“नेपाली जनसम्पर्क समिति नेपाली समुदायको हित र नेपाल सरकारका तर्फबाट आफ्ना नागरिकलाई प्रदान गरिने सेवा र सुविधा सहज रूपमा दिलाउनका लागि सधैं प्रतिवद्ध छ। हाम्रो प्राथमिकता नेपाल र अमेरिकामा रहेको नेपाली समुदायको बृहत्तर हितका लागि आवश्यक पहल गर्नु नै हो। नेपाल सरकारबाट प्रदान गरिने सुविधा सहज, सरल र कम झन्झटिलो बनाउनका लागि यो वाणिज्य दूतावास स्थापना महत्वपूर्ण हुने हाम्रो विश्वास छ। सम्बन्धित क्षेत्रका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीलाई हामी हार्दिक बधाई व्यक्त गर्दै पुनः एकपटक नेपाल सरकार र अमेरिकामा रहेका सबै नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गर्दछौं,” बिष्टले भनेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com