युक्रेनलाई साढे २ अर्ब डलरको सुरक्षा सहायता गर्ने अमेरिकाको घोषणा


प्रकाशित मिति : पुस १५, २०८१ सोमबार

President Joe Biden speaks during a barbecue with active-duty military service members and their families on the South Lawn of the White House, Thursday, July 4, 2024, in Washington. (AP Photo/Evan Vucci)

अमेरिकाले युक्रेनका लागि २ अर्ब ५० करोड डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ ।

राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि युक्रेनलाई सहायता प्रदान गर्न अमेरिकाले हतार गरिरहेको छ ।

ट्रम्पको नोभेम्बरको चुनावी विजयले युक्रेनका लागि अमेरिकी सहायताको भविष्यमा शङ्का उत्पन्न गरेको छ ।

यसबाट अर्को महिना उनले शपथ ग्रहण गर्नुअघि पहिले नै स्वीकृत गरिएको अर्बौं डलरको सहायता वितरण गर्न सीमित समय प्रदान गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सहायतामा १ अर्ब २५ करोड डलरको सैन्य ‘ड्रडाउन प्याकेज’ समावेश छ । यसले पेन्टागनलाई अमेरिकी भण्डारबाट हतियार लिएर तिनलाई छिटो युद्धभूमिमा पठाउन अनुमति दिन्छ ।

अर्को १ अर्ब २२ करोड डलर युक्रेन सुरक्षा सहायता पहलमार्फत वित्त पोषण गरिनेछ । यसअन्तर्गत रक्षा उद्योग वा साझेदारहरूबाट सैन्य उपकरणहरू खरिद गरिन्छ ।

युक्रेनी जनताले रूसी आक्रमणबाट आफ्नो स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्न जारी राख्दै गर्दा युक्रेनलाई करिब २ अर्ब ५० करोड डलर सुरक्षा सहयोगको घोषणा गर्न पाउँदा गर्व लागेको राष्ट्रपति जो बाइडेनले बताएका छन ।

अमेरिकी विदेश मन्त्रालयको छुट्टै विज्ञप्तिअनुसार रक्षा मन्त्रालयको भण्डारबाट गरिने ड्रडाउनमा ड्रोनहरू, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (हिमार्स)का लागि गोलीगठ्ठा, अप्टिकली गाइडेड मिसाइलहरू, एन्टी–ट्याङ्क हतियार प्रणालीहरू, हवाई–जमिन गोलाबारुद र पार्टपुर्जाहरू समावेश हुनेछन् ।

अमेरिका र ५० भन्दा बढी राष्ट्र युक्रेनसँग रुसको आक्रमण विरुद्ध आफ्नो रक्षा गर्न आवश्यक क्षमता प्राप्त होस् भनी सुनिश्चित गर्न एकजुट छन् विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले भनेका छन ।

युक्रेनका लागि पछिल्लो सहायता महिनाको सुरुमा घोषणा गरिएको करिब १ अर्ब डलर बराबरको ड्रोन, गोलाबारुद र उपकरणको खेपको पछि आएको हो ।

बाइडेन प्रशासनले ट्रम्प जनवरीमा सत्तामा आउनुअघि युक्रेनलाई सकेसम्म धेरै सहायता प्राप्त गर्न काम गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com