अमेरिकामा टीपीएसको अवधि लम्बाउन सुरु भयो पहल, राजदूतलाई ज्ञापनपत्र


प्रकाशित मिति : भाद्र २५, २०७३ शनिबार

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई अमेरिकी सरकारले प्रदान गरेको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएसको अवधि लम्बाउन अमेरिकामा रहेका नेपालीहरुले पहल थालेका छन् । टीपीएसको अवधि आगामी डिसेम्बरमा समाप्त हुँदैछ ।

अमेरिकामा सक्रिय रहेका नेपाली सामाजिक संघ तथा संस्थाको पहलमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीलाई वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा टीपीएस सम्बन्धि ज्ञापन पत्र बुझाईएको हो ।

सामुहिक रुपमा बुझाईएको ज्ञापन पत्रमा टीपीएसको म्याद गुज्रने अवधि आगामी डिसेम्बर २१ तारिख रहेकोले नेपाली दुताबास मार्फत अमेरिकन सरकार समक्ष टीपीएसको अवधि लम्बाउन अनुरोधको आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको हो ।

राजदुत कार्कीले ज्ञापन पत्र बुझ्दै सकारात्मक रुपमा आगामी सोमबार नै यस बिषयमा अमेरिकन सरकार र सम्बन्धित निकायमा कुरा गर्ने जानकारी गराउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालले पाएको टीपीएस सुबिधा अनुसार भूकम्पबाट पीडित तथा प्रभावित भएका नेपालीहरुले आफन्तसंग भेटघाट गर्न पाएको तथा अमेरिकामा कानुनी रुपमा काम गर्ने स्वीकृत पाएकाले परिवारलाई आर्थिक सहयोग गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

टीपीएसको अवधि लम्बाउन पहल स्वरुप न्युयोर्क ,म्यारिल्याण्ड ,भर्जिनिया तथा डिसीबाट प्रतिनिधिमंडल दुताबास पुगेका हुन् ।

नेपाल गएर फर्केका कसैलाई कुनै कानुनी अड्चन बिना अमेरिकन सरकारले अमेरिका आउन दिएको भन्दै शीघ्र अमेरिकाको होमल्याण्ड सेक्युरिटीलाई टीपीएसको अवधि लम्बाउने बारे पहल गर्न नेपाली दुताबास मार्फत प्रतिनिधिमंडलले अनुरोध गरेको छ ।

उक्त ज्ञापन बुझाउन महाबाणिज्यदुत प्रेम राजा महत ,कानुन ब्यबसायी डिल्ली राज भट्ट ,नेपाल जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट ,नेपाल प्रवासी मंच अमेरिकाका अध्यक्ष संजय थापा ,जनजति महासंघ अमेरिकाका अध्यक्ष लुईसाङ वाईबा , गैर आवासीय नेपाली संघ अमेरिकाका पुर्व उपाध्यक्ष श्री पराजुली ,बानाका पुर्व महासचिब तथा सल्लाहाकार प्रभुराम थापा , पानसका अध्यक्ष लोकनाथ तिवारी,गैर आवासीय नेपाली संघका संरक्षक डा देव काजी डंगोल ,बेद प्रसाद खरेल तथा संचार कर्मी राम चन्द्र खरेल दूतावास पुगेका थिए ।

यो पनि पढ्नुहोस् : टीपीएसमा तगारो : यसकारण नेपालीका आवेदन स्वीकृतिमा ढिलाई 

विजय थापाको सहयोगमा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com