भारतमा सन २०२६ पछि स्थानीय सौर्य उर्जा सामग्रीको प्रयोग अनिवार्य


प्रकाशित मिति : मंसिर २६, २०८१ बुधबार

भारतले सन् २०२६ देखि स्थानीय सौर्य ऊर्जा सामग्रीहरू प्रयोग अनिवार्य गर्ने भएको छ ।

चिनियाँ आयात घटाउने उद्देश्यले सरकारी आदेशअनुसार भारतीय स्वच्छ ऊर्जा कम्पनीहरूले सन् २०२६ जुनदेखि स्थानीय रूपमा निर्मित सौर्य मोड्युलहरू मात्र प्रयोग गर्न सकिने भएको हो ।

रिलायन्स इन्टरप्राइजेज र टाटा पावरको उद्यमसहित भारतका स्वच्छ ऊर्जा क्षेत्रका नेताहरू आफ्ना प्रमुख आपूर्तिकर्ताका रूपमा चिनियाँ विक्रेताहरूमा निर्भर छन् ।

उद्योगको अनुमानअनुसार भारतको सौर्य ऊर्जा उत्पादन क्षमताको ७० प्रतिशत चिनियाँ उपकरणबाट सञ्चालित छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

भारतीय कम्पनीहरूले पहिले नै सरकारी परियोजनाहरूमा स्थानीय रूपमा निर्मित सौर्य प्यानलहरू प्रयोग गर्न कानूनद्वारा अनिवार्य गरिएको छ ।

नयाँ नियमले प्रकाश ऊर्जालाई विद्युतमा परिवर्तन गर्ने स्थानीय रूपमा निर्मित फोटोभोल्टिक सेलबाट बनेका मोड्युलहरू मात्र प्रयोग गर्न सक्नेछन् ।

देशमा सौर्य सेलहरूको स्थापित क्षमता मागभन्दा कम भएकाले सरकारले अझै सौर्य सेलका स्वीकृत निर्माताहरूको सूची जारी गरेको छैन ।

‘देशमा सौर्य सेलहरूको स्थापित क्षमता अर्को वर्षमा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ, स्वीकृत निर्माताहरूको सूची अब जारी गरिनेछ’ भनिएको छ ।

हालैका वर्षहरूमा भारतको सौर्य उपकरण निर्माण क्षेत्रले तीव्र गतिमा प्रगति गरेको छ । बेङ्गलुरुस्थित परामर्श फर्म मर्कम इन्डियाको एक प्रतिवेदनले सन् २०२५ को अन्त्यसम्ममा देशको सौर्य प्यानलको उत्पादन ९५ गिगावाट पुग्ने अनुमान गरेको छ ।

भारतले २०२४ को पहिलो छ महिनामा १३दशमलव३ गिगावाट सौर्य उपकरण निर्माण क्षमता थपेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com