अमेरिकामा नेपाली आप्रवासीको कथा समेटिएको बेब सिरिज ओटीटीमा आउने तयारी, गीत सार्वजनिक


प्रकाशित मिति : मंसिर २२, २०८१ शनिबार

ओटीटीमा आउने तयारीमा रहेको अमेरिकामा नेपाली आप्रवासीको कथा समेटिएको बेब सिरिज ‘घर बट इन अमेरिका’को गीत सार्वजनिक गरिएको छ । अमेरिकाको मेरिल्याण्डमा छायांकन गरिएको यस सिचुएशनल कमेडी ड्रामाको पहिलो सिजनको लागि तयार पारिएको विशेष गीत ‘अमेरिकामा घर छ’ ले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण गरेको छ ।

निशान भट्टराईको स्वर, अर्जुन कटुवालको सङ्गीत, र डिपी खनालको शब्द र प्रज्ज्वल खनालको शब्द रचनामा सहयोग रहेको गीतको भिडियोमा सिरिजका प्रमुख कलाकारहरूलाई देख्न सकिन्छ। यो गीत फिल स्टुडियोमा रेकर्ड गरिएको हो र आशिष रैतानीले मिक्सिङ र मास्टरिङ गरेका छन्। गीतमा स्वर्णिम महारजनको  बाँसुरी वादन पनि छ। सिरिजको समग्र मिक्सिङ र मास्टरिङ नेपासा स्टुडियोका अमित श्रेष्ठले गरेका छन्।

विमलेश अधिकारीको अवधारणा र निर्देशनमा सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो वेज सिरिजमा कार्यकारी निर्माता रोशन घिमिरे छन्। सिर्जनात्मक टिममा लेखक बिबेक चम्लागाइँ,  छायाँकनकर्ता बिक्रान्त मान श्रेष्ठ र सम्पादक मित्र डी. गुरुङ छन्। रंग र ग्राफिक्स मिलन बिक्रम शाहले सम्हालेका छन् भने पोस्ट-प्रोडक्सन नेपालिज ह्यान्ड्सले व्यवस्थापन गरेका छन्।

सहायक क्यामेरा  बिशाल मान श्रेष्ठले गरेका छन् र प्रचार डिजाइन साइब्रत आचार्यले तयार पारेका छन्। मिडिया समन्वय जीवन पराजुलीले गरेका छन् र गीतमा मेकअप आर्टिस्टको रूपमा सोफी सुनुवार छन्। सिरिजमा मेक अप आर्टिस्ट अप्सरा कटुवाल र सपना डंगोल छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कलाकारहरूको टोलिमा  अरुणिमा लाम्साल, बिमलेश अधिकारी, राधा लाम्साल (भाभू), खेम शर्मा, रोजिना थापा, आशिष दाहाल, समारोहा मैनाली, स्वस्तिका घिमिरे, र अर्जुन क्षेत्री  रहेका छन् ।

यो सिरिज हास्य र भावनात्मक क्षणहरूको संयोजन प्रस्तुत गर्ने निर्माण पक्षको भनाई छ । अमेरिकामा जीवनयापन गरिरहेका नेपाली परिवारको सांस्कृतिक द्वन्द्व र पारिवारिक सम्बन्धहरूलाई उतार्ने यो कथा एउटा युवतीको वरिपरि घुम्छ, जो लुकेर लिभइन सम्बन्धमा रहेकी हुन्छिन् । जब उनका अभिभावक नेपालबाट पहिलो पटक अमेरिका आउँछन्, उनले आफ्नो सम्बन्ध लुकाउन गरेको संघर्षका क्रममा विभिन्न हास्यजनक र भावनात्मक घटनाहरू सिरिजमा देखाइनेछ ।

“यो शृंखला एउटा समसामयिक कथा हो। हरेक नेपालीले यसलाई महसुस गर्न सक्नेछन्। अर्को महत्वपूर्ण कुरा यो शृंखलाले डिजिटल युगमा नवीनता ल्याउनको लागि भौगोलिक रूपमा नेपालमा नै हुन आवश्यक छैन भन्ने सन्देश पनि दिन्छ; विदेशमा बसेर पनि केही गर्न सकिन्छ,” विमलेश अधिकारीले बताए। दर्शकहरूको माया, समर्थन र विश्वासप्रति उनी आशावादी छन्।

विमलेश अधिकारी विराटनगर नेपालमा जन्मिएका एक ख्यातिप्राप्त नेपाली अभिनेता, मोडल, र निर्देशक हुन् । अधिकारी अहिले मेरिल्याण्डमा बसोबास गर्छन्। उनले नेपाली मनोरञ्जन क्षेत्रमा विशेषगरी २५० भन्दा बढी म्युजिक भिडियोहरू र थुप्रै उल्लेखनीय फिल्महरूमा काम गरेर महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

उनले नेपाली फिल्म “ब्रेक फेल” बाट डेब्यू गरेका थिए र “मुटु,” “जंग बहादुर को कोट,” “तुलसी,” र “मेरो बेस्ट फ्रेन्ड” जस्ता चर्चित चलचित्रहरूमा अभिनय गरेका छन्।  उनले अमेरिकामा बसोबास गर्दै थुप्रै म्युजिक भिडियोहरू निर्देशन र अभिनय गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com