तिहारमा पनि मादल बिक्री हुन छोडेपछि बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा


प्रकाशित मिति : मंसिर ९, २०८१ आईतबार

रामेछापको मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षको हुनुभयो । उहाँको मुख्य पेसा मादल बनाउने हो । उहाँसँग सम्पत्तिका नाममा जम्मा दुई रोपनी पाखो बारी छ ।

उहाँका अनुसार बाजे बराजुको पालादेखि मादल बनाउने पेसा गर्दै आएको हो । घरको जेठो सन्तान भएकोले बुवाआमा, भाई बहिनीहरुलाई पालनपोषण गर्नुपर्ने जिम्मेवारी भएपछि व्यावसायिक रुपमै मादल बनाउन थालेँ उहाँले विगत स्मरण गर्दै भन्नुभयो ।

विसं २०५९ देखि रामेछापकै खिम्ती बजारमा मादललगायत अन्य वाद्यवादन बनाएर बिक्री गर्दै आएको थिएँ । तर अहिले त्यो पेसाबाट विस्थापित भएँ ।

उहाँले त्यहाँ करिब १३ वर्ष व्यवसाय गर्नुभयो । खिम्तीमा व्यवसाय सञ्चालन गर्दा तिहार र विवाहका लगनहरुमा मादल, दमाहा टेम्कोलगायत सामग्री बनाउन र मर्मत गर्न भ्याइनभ्याई हुन्थ्यो । पाँच जनालाई रोजगारी दिनुभएको थियो । तर अहिले त्यस्तो छैन । अहिले आफैँलाई काम पाउन मुस्किल छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विसं २०७२ को भूकम्पका कारण उहाँले भाडामा लिएको कच्ची घर भत्कियो । थुप्रै मादलहरु पुरिए । त्यसपछि उहाँ गाउँ नै फर्किनुभयो ।

पुनःनिर्माणका लागि प्राप्त अनुदान ३ लाखमा केही थपेर घर बनाए पनि गाँउमा खानेपानीको अभावले जब्बर दम्पतीसहित खनखनेका १२ घर बादीमध्ये १० घरपरिवार पानी र अन्य सुविधाको खोजी गर्दै भटौलीकै ठेडीखोला किनारमा झरेर ऐलानी जग्गामा टहरो बनाइ बसे ।

मादल बनाउने परम्परागत पेसा टिकाउन उहाँलाई हम्मेहम्मे परेको छ । पहिलेपहिले गाउँमा बस्दा तिहारका बेला मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो । यस वर्षको तिहारदेखि मादल बनाउने र किन्ने ग्राहक आउँनै छाडे उहाँले भन्नुभयो ।

मादल मात्र हैन, पञ्चैबाजाका लागि आवश्यक टेम्को, दमाहा, ढोलक र वाद्यवादनका लागि आवश्यक तवेला, वालन भजनमा बजाइने खैँजेडी बनाउने यहाँका वादीहरुको पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेको छ ।

तिहारका बेलामा खेलिने देउसी भैलोमा मादलको प्रयोग हुन छाडेपछि मादलको बिक्री घटेको रामेछाप नगरपालिका–८ का बद्रीप्रसाद घिमिरे बताउनुहुन्छ ।

मादलको व्यापार घटेसँगै समुदायको पेसा नै सङ्कटमा परेको मन्थली–७ का शम्भु वादी बताउनुहुन्छ । छालाजन्य वाद्यवादन मादल, ढोलक, टेम्को, दमाहा, तबेला, खैँजडी बनाउन बाख्रा, गाईगोरुको छाला, लाम्पातेको काठ र खरी लगाउन अन्य कच्चापदार्थ चाहिन्छ ।

उत्पादित सामग्री बिक्री हुन छाडेपछि राज्यले वैकल्पिक पेसाको व्यवस्था गरिदिनुपर्ने माग वादी समुदायको छ ।

मन्थली नगरपालिकाको वडा नं १, २ र ७ मा गरी जम्मा १९ घरपरिवार वादी समुदायको छ । उनीहरुको जनसङ्ख्या ७५ जना छन् । पुख्र्यौली पेसाले जीउन गाह्रो भएपछि रोजगारीका लागि युवाहरु सहर पस्न थालेका छन् ।

स्थानीय सरकारले उत्पादन भएका वाद्यवादनका सामग्रीहरुको बजारीकरणका लागि खासै चासो नदिएको स्थानीय केशव बादीले गुनासो गर्नुभयो ।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले उनीहरूलाई छुट्टै वैकल्पिक पेसा दिन नसक्ने तर पुखौैैली पेसा संरक्षणका लागि समुदायस्तरमा सहयोग गरी छालाजन्य वस्तुहरु पर्याप्त उत्पादनमा सहजीकरण गर्ने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com