जब आफ्नै डाक्टर छोरोले आमालाई वृद्धा आश्रममा छोडिदियो… (भिडियो)


प्रकाशित मिति : कार्तिक २७, २०८१ मंगलबार

एक बालकले आफ्नी वृद्ध आमालाई ह्विलचियरमा डोर्‍याउँदै लैजान्छ । त्यो देखेर वृद्धा आश्रम रहेकी आमा भावुक बन्छिन् ।

उनलाई आफ्नै छोरा समीरले नै वृद्धा आश्रममा लगेर छोडेका थिए । उनलाई त्यो वृद्धा आश्रममा बस्न धेरै गाह्रो भइरहेको हुन्छ ।

वृद्धा आश्रमका कर्मचारीलाई बस्न गाह्रो भएको भन्दै बिलौना सुनाउँछिन् । आश्रमकी कर्मचारीले आफ्नै छोराले नै यहाँ ल्याएर राखेको बताउँदै छोरो आए जानुहोला भन्दै सम्झाउँछिन् ।

आमालाई आश्रमलाई बस्न पटक्कै रुचि थिएन । तर, के गर्नु आश्रममा बस्नु उनको लागि बाध्यता थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उमेर ढल्किएपछि एक्लो सन्तानको रूपमा जन्मिएका समीरलाई आमाबाबुले नै सानैदेखि धेरै नै हेरचाह गरेर हुर्काएका थिए । आफूहरूको बुढेसकालको लट्ठी भन्दै उनको हेरचाहमा कुनै कसरत बाँकी छोडेका थिएनन् बुवा आमाले ।

अध्ययनको लागि काठमाडौँ सहर गएको छोरो प्लस टुको पढाइपछि एक दिन घर फर्किन्छ र भन्छ – ‘म डाक्टर बन्छु ।’ छोरा समीरलाई डाक्टर पढाउने आमाबाबुसँग क्षमता पनि थिएन । तर, बाबुलाई आमाले नै सम्झाउँछिन् । भएका गरगहना तथा बेसी खेत बेचेर समीरलाई डाक्टर पढाउन आमाबाबुहरू तयार भएका हुन्छन् ।

समीर डाक्टर बनेपछि उसले सहरमा घर बनायो । विवाह गर्‍यो र छोरो समेत जन्मायो । आमा पनि श्रीमान्को निधनपछि आफ्नो छोराछोरीसँग बसेकी हुन्छिन् ।

छोराबुहारी नै दिनभर जागिरले आमाको हेरचाहको लागि समय निकाल्न नसकेपछि उनीहरूले आमालाई आश्रममा लगेर छोडेका हुन्छन् ।

दिन बिते, महिना बिते । तर, छोरो समीर आमालाई लिन आश्रम पुगेन । एक दिन, मध्यरातमा आमा वृद्धा आश्रमबाट भाग्छिन् । मध्यरातको सुनसान समयमा हातमा झोला लिएर उनी सडकमा भौतारिहेकी हुन्छिन् । त्यत्तिकैमा एउटा ट्याक्सीले उनलाई ठक्कर दिन्छ । उनलाई एक युवकले अस्पताल पुर्याउन्छन् ।

उनी जुन अस्पतालमा भर्ना भएकी हुन्छिन्, त्यहीँ अस्पतालमै छोरो समीर डाक्टर थियो । अस्पतालमा एक नर्सले ‘इमरजेन्सी केश’ आएको भन्दै समीरलाई सुनाउँछिन् । तर, समीरले आफूले नभ्याउने भन्दै अर्को डाक्टरलाई खबर गर्न आग्रह गर्दै घर तर्फ जान्छन् । त्यो रात समीरलाई थाहा थिएन कि, उक्त ‘इमरजेन्सी केश’ आफ्नै आमाको थियो ।

समीर घर पुग्छन् । घरमा समीरका सँगै पढेका साथीहरूले पर्खिरहेका थिए । घर पुगेको केही समयपछि समीरलाई आश्रमबाट ‘आमा बेपत्ता’ हुनुभएको भन्दै खबर आउँछ ।

आमा आश्रममा नभएको खबर सुनेपछि ऊ मध्यरातमा सडकका गल्ली गल्लीमा आमालाई खोज्न हिँड्छ । त्यो रात, आमा नभेटिएपछि निराश हुँदै घरफर्कछ ।

अर्को दिन, अस्पतालको बेडमा आफ्नो आमालाई मृत अवस्थामा बेडमा देख्छ र पछुताउँछ । अनि सम्झन्छ, विगत र बाल्यकालका कुरा । एकोहोरो आशु बगाइरहन्छ ।

यो कथा हो, सर्ट फिल्म ‘लापत्ता सन्तान’को । रामजी ज्ञवालीको लेखक तथा निर्देशन रहेको लापत्ता सन्तानले पछिल्लो समयको वास्तविकतालाई नियाल्दै सर्ट फिल्म बनाएका हुन् ।

सन्तानको लागि आमाबुवाको सङ्घर्ष र वृद्ध अवस्थामा आमालाई आश्रम पुर्‍याएको लापत्ता सन्तान यूटुबमार्फत सार्वजनिक भइसकेको छ । २० मिनेट ३५ सेकेन्डको सर्ट फिल्मलाई ओएसआर डिजिटल युट्युबमार्फत हेर्न सकिन्छ ।

फिल्ममा आमाको भूमिकामा रश्मि भट्ट छिन् भने ओजस्वी विक्रम विष्ट छोरोको भूमिकामा छन् । आशिष् पराजुली, अर्जुन आचार्य, सविना राउत, निलम भट्ट र मनीष प्रीतम निरौला लगायतले यस फिल्म अभिनय गरेका छन् । नीरज कँडेलको छायाङ्कन रहेको फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com