वैदेशिक रोजगारीमा गएका श्रमिकका छोराछोरीलाई लक्षित गर्दै इन्टर्नसिप, कसरी सहभागी हुने ?


प्रकाशित मिति : कार्तिक १०, २०८१ शनिबार

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा गएका, फर्किएका वा मृत्यु तथा अंगभंग भएका श्रमिकका छोराछोरीलाई लक्षित गर्दै इन्टर्नसिप कार्यक्रम गर्ने भएको छ ।

बोर्डले आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत इन्टर्नसिप कार्यक्रम सञ्चालन गर्न लागेको हो । बोर्डले इन्टर्नसिपका लागि आवेदन समेत माग गरेको छ ।

वैदेशिक रोजगारीमा गएका, फर्किएका वा मृत्यु तथा अंगभंग भएका श्रमिकका स्नातक तहमा अध्ययनरत १२ जना सन्ततीलाई इन्टर्नसिप कार्यक्रमलाई सहभागी गराइने बोर्डका प्रवक्ता टिकाराम ढकाल बताउनुभयो । उहाँका अनुसार जसमा छ जना छात्रा र छ जना छात्र रहनेछन् ।

“वैदेशिक रोजगारीमा गएका, रोजगारीबाट फर्किएका, रोजगारीको क्रममै मृत्यु तथा अंगभंग भएका श्रमिकका छोराछोरीले यस कार्यक्रममा सहभागी हुन पाउँछन् ।”, उहाँले भन्नुभयो, “यो कार्यक्रममा सहभागी हुन स्नातक तहमा अध्ययनरत हुनुपर्नेछ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इन्टर्नसिप कार्यक्रममा सहभागी हुन नेपालका विश्वविद्यालय वा आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा शिक्षा, कानून, मानविकी तथा व्यवस्थापन संकायतर्फ स्नातक तहमा अध्ययनरत विद्यार्थी पर्ने प्रवक्ता ढकालले बताउनुभयो । यस्तै, आवेदनको अन्तिम मितिसम्म १८ वर्ष पुगि २५ वर्ष ननाघेको र कम्प्यूटर तथा ईमेल ईन्टरनेटसम्बन्धी ज्ञान भएको समेत हुनुपर्नेछ ।

इन्टर्नसिपमा सहभागी हुन चाहानेहरुले कात्तिक ३० गतेभित्र बोर्डको सचिवालयमा उपस्थित भइ वा अनलाइनमार्फत आवेदन दिनसक्ने प्रवक्ता ढकालले बताउनुभयो । “आवेदनको लागि विद्यार्थी स्वयं बोर्डको सचिवालयमा उपस्थित भएर पनि दिन सक्छन् । यदी उपस्थित हुन सक्ने अवस्था छैन् भने अनलाइनमार्फत पनि आवेदन दिन सकिन्छ ।”, उहाँले भन्नुभयो ।

आवेदन दिन के–के चाहिन्छ ?
बोर्डका प्रवक्ता ढकालका अनुसार आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, प्रविणता प्रमाणपत्र तह वा १२ कक्षा उत्तीर्ण गरेको लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक संस्थाबाट इन्टर्नसिपको लागि सिफारिस गरेको पत्र चाहिन्छ ।

यस्तै, पासपोर्ट साइजको फोटो सहितको व्यक्तिगत विवरण, श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गएका, फर्किएका, अंगभंग भएका श्रमिकका छोराछोरीको हकमा बाबु÷आमाको राहदानीको फोटोकपी र वैदेशिक रोजगारको क्रममा मृत्यु भएका श्रमिकका सन्ततीको हकमा मृत्युदर्ताको प्रमाणपत्र समेत आवश्यक पर्नेछ । त्यस्तै, सरकारी तथा सामुदायिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेको हकमा सो व्यहोरा खुलेको सिफारिस पत्र आवश्यक पर्ने बोर्डले जनाएको छ ।

मंसिरको पहिलो सातादेखि कार्यक्रम सुरु हुने
इन्टर्नसिप कार्यक्रम आगामी मंसिरको पहिलो सातादेखि सुरु गरिने बोर्डका प्रवक्ता ढकालले बताउनुभयो । “आवेदनको मिति सकिएपछि हामी हेर्छौ । सोही अनुसार, सम्ववत् मंसिरको पहिलो सातादेखि सुरु हुन्छ ।”, प्रवक्ता ढकालले भन्नुभयो । उहाँका अनुसार उक्त इन्टर्नसिप कार्यक्रम आगामी असार मसान्तसम्म चल्नेछ ।

इन्टर्न विद्यार्थीले पाउँछन् मासिक १८ हजार

बोर्डले इन्टर्नसिप गर्ने विद्यार्थीहरुलाई यातायात तथा खाजा खर्च वापत प्रति विद्यार्थी मासिक १८ हजार उपलब्ध गराउने प्रवक्ता ढकालले बताउनुभयो ।

बोर्डले इन्टर्नसिपमा आवद्ध विद्यार्थीहरुले सुरक्षित वैदेशिक रोजगारसम्बन्धित विविध जानकारी पाउने लक्ष्य लिएको छ । यस्तै, बोर्डको सचिवालयबाट भइरहेको कल्याणकारी लगायत श्रमिकसँग सम्बन्धित कामहरुमा प्रत्यक्ष संलग्न गराई कामको अनुभवको अवसर उपलब्ध गराउने उद्धेश्य लिइएको उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com