न्युयोर्कको नेपाली मिडिया खसोखासलाई अमेरिकामा १ लाख डलरको पुरस्कार


प्रकाशित मिति : आश्विन ३०, २०८१ बुधबार

अमेरिकाको न्युयोर्कबाट नेपाली समुदायका लागि संचालित सामुदायिक संचारमाध्यम खसोखासलाई स्थानीय पत्रकारितामा रिक्तता भरेको ठहर गर्दै एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्रदान गरिएको छ । स्थानीय नेपाली पत्रकारितालाई अझ सुदृढ गर्नका लागि १ लाख डलर राशीसहित खसोखासलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

स्थानीय समाचारलाई पुनस् कल्पना गर्ने राष्ट्रिय पहल प्रेस फर्वार्डबाट खसोखासले पहिलो चरणमा नै प्रतिष्ठित अनुदान पुरस्कार प्राप्त गरेको हो । प्रेस फर्वार्डले मूलधारका सञ्चारमाध्यमहरूमा परम्परागत रूपमा वञ्चित रहेका समुदायहरूमा समाचार कभरेजका खाडलहरू बन्द गर्ने लक्ष्य राखेको छ।

ुप्रेस फर्वार्डबाट यो अनुदान पुरस्कार प्राप्त गर्न पाउँदा हामी अविश्वसनीय रूपमा गर्वको अनुभव गरिहका छौं। यो निशर्त प्रदान गरिएको १ लाख डलर हाम्रो लागि आर्थिक सहयोग मात्र होइन, यो हामीले विगत १३ वर्षहरूमा महत्त्वपूर्ण कभरेज अन्तरलाई सम्बोधन गर्नका लागि गरेको समर्पण र प्रयासको प्रमाण हो,’ खसोखासका प्रधान सम्पादक तथा प्रकाशक किशोर पन्थीले भने । यो सहयोगले खसोखासलाई अमेरिकामा रहेको नेपाली समुदायलाई अत्यावश्यक समाचार र श्रोतहरु प्रदान गर्ने मिशनलाई जारी राख्न सशक्त बनाउने उनले बताएका छन् ।

अमेरिकामा पहिलो नेपाली साप्ताहिक पत्रिकाका रुपमा सन् २०१२ मा सुरु भएको खसोखास अध्यागमन र नेपाली समुदायका कथाहरुदेखि न्युयोर्कको क्वीन्स र बाहिरका स्थानीय समाचारहरू सम्म नेपाली समुदायलाई प्रभाव पार्ने मुद्दाहरू कभर गर्न अग्रपंक्तिमा रहेको छ। सन् २०२० मा कोरोना महामारीपछि सम्पूर्णरुपमा डिजिटल बनेको खसोखासले वर्षौंदेखि नेपाली समुदायलाई महत्वपूर्ण जानकारीसँग जोड्ने स्रोत र खोजमुलक सामाग्रीहरु प्रकाशित गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो पुरस्कारले खसोखासलाई नेपाली डायस्पोराका महत्वपूर्ण कथाहरू समेट्ने, उच्च गुणस्तरको स्वतन्त्र पत्रकारिता प्रदान गर्ने खसोखाको क्षमतालाई अभिवृद्धि गर्ने, रिपोर्टिङ विस्तार गर्न र यसको डिजिटल उपस्थिति सुधार गर्न सक्षम बनाउने तथा थप पाठकहरूसम्म पुग्न मद्दत गर्ने खसोखासको अपेक्षा रहेको छ ।

‘यस नयाँ अध्यायको भागको रूपमा हामी पाठक र समर्थकहरुलाई यो कोसेढुङ्गा मनाउन हामीसँग सामेल हुन आमन्त्रित गर्दछौं। हामी हाम्रो समुदायको सेवा गर्न जारी राख्छौं र स्थानीय पत्रकारितालाई समर्थन गरेर हाम्रो विकासको अर्को चरणमा सहभागी हुन सबैलाई आमन्त्रित गर्दछौं’, प्रधान सम्पादक किशोर पन्थीले भने।

प्रेस फर्वार्ड अमेरिकामा स्थानीय समाचार र सूचनालाई पुनरुत्थान गरेर लोकतन्त्रलाई सुदृढ गर्ने मायामी फाउण्डेशनबाट संचालित राष्ट्रिय अभियान हो। यो स्थानीय समाचार कक्षहरू सुदृढ गर्न, पत्रकारिता कभरेजमा लामो समयदेखि रहेको खाडलहरू बन्द गर्न, स्थानीय समाचारहरूमा पहुँच विस्तार गर्ने सार्वजनिक नीतिलाई अगाडि बढाउन र स्थानीय पत्रकारितामा फस्टाउन आवश्यक पूर्वाधारको मापन गर्न ४ सय मिलियन डलरभन्दा बढी लगानी गर्ने राष्ट्रिय गठबन्धन हो, जसमा नाइट फाउण्डेशन, लुमिना फाण्डेशन, फोर्ड फाउण्डेशन, डेमोक्रेशी फण्ड जस्ता अमेरिकाका ६० भन्दा बढी प्रतिष्ठित र चर्चित दातृसंस्थाहरु समावेश छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com