१५ वर्षमा पहिलोपटक ट्रेड युनियनलाई सम्बोधन गर्ने बेलायती प्रधानमन्त्री स्टारमरको घोषणा


प्रकाशित मिति : भाद्र २५, २०८१ मंगलबार

BRITAIN-POLITICS-GOVERNEMENT-SECURITY

बेलायतका प्रधानमन्त्री कीर स्टारमर विगत १५ वर्षमा बेलायतको ट्रेड युनियनको वार्षिक बैठकलाई सम्बोधन गर्ने पहिलो बेलायती प्रधानमन्त्री बन्ने हुनुभएको छ ।

स्टारमरको लेबर पार्टी ऐतिहासिक रूपमा ट्रेड युनियन सङ्गठनहरूसँग सम्बद्ध रहेको छ । ट्रेड युनियन कङ्ग्रेस (टियुसी) ४८ सदस्य युनियनहरूको साझा निकाय हो । यसले २०औँ शताब्दीको सुरुमा लेबर पार्टीको स्थापना गर्न मद्दत गरेको थियो ।

प्रधानमन्त्री गोर्डन ब्राउनले सन् २००९ मा पछिल्लोपटक यसको सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।

लेबर पार्टीले जारी गरेको विज्ञप्तीका अनुसार ६२ वर्षीया स्टारमरले ब्राइटनको समुद्री रिसोर्टमा टियुसीका प्रतिनिधिहरूलाई बेलायतको अर्थतन्त्र सुधारका लागि “युनियन र व्यवसायीलाई एकसाथ ल्याउने पहल गर्न तयार रहनुभएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्षौँदेखि चलिरहेको औद्योगिक अशान्ति र युनियन र सरकारबिचको तनावलाई अन्त्य गर्न पहल गरिरहनुभएका प्रधानमन्त्री स्टारमरले भन्नुभएको थियो “ राजनीतिको सबैभन्दा कठिन शुत्र साझेदारी हो”, “मलाई थाहा छ कि पुराना तरिकामा स्पष्टता छ जस्तै व्यापारी विरुद्ध कामदार, व्यवस्थापन विरुद्ध सङ्घ, सार्वजनिक विरुद्ध निजी । तर यस्तो प्रकारको राजनीति बेलायती जनताले चाहँदैनन् ।”

टोरी शासनको समयमा बिग्रिएका देशको पूर्वाधार क्षेत्रलाई सुधार्ने वाचासहित लेबर पार्टी सत्तामा आएको थियो। यसले शिक्षक र डाक्टर जस्ता सार्वजनिक क्षेत्रका कामदारहरूका लागि तलब वृद्धि गर्ने घोषणा गरेको छ र रेललाई पुनः राष्ट्रियकरण गर्ने मार्ग प्रशस्त गर्न रेल चालकहरूसँग तलब सम्झौता गरेको छ ।

टियुसीले तलब सम्झौतालाई “पहिलो महत्त्वपूर्ण कदम” का रूपमा स्वागत गरेको छ तर केही प्रमुख युनियन र नयाँ सरकारबीच पहिल्यै तनाव देखा परेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com