युक्रेन र मध्यपूर्वबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन बेलायत जाने


प्रकाशित मिति : भाद्र २३, २०८१ आईतबार

US Secretary of State Antony Blinken gestures upon his arrival at Cairo airport, on June 10, 2024. Blinken arrived in Egypt at the start of a regional tour to push for a much awaited Gaza ceasefire between Israel and Hamas. (Photo by Amr Nabil / POOL / AFP)

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्व र युक्रेनबारे छलफल गर्न अर्को साता लण्डन जानुहुने भएको छ ।

स्टार्मरको लेबर पार्टीले जुलाईमा भएको चुनावमा जीत हासिल गरेपछि ब्लिन्केनको सोमबार र मङ्गलबारका लागि भ्रमण तय भएको हो । नयाँ नेतृत्व सरकारमा आएसँगै हुन लागेको यो अमेरिकी उच्च अधिकारीको पहिलो भ्रमण हो ।

विदेशमन्त्री ब्लिन्केनले रणनीतिक वार्तामा भाग लिने र ‘अमेरिका र बेलायतबीचको विशेष सम्बन्धलाई पुनः पुष्टि गर्ने’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बताउनुभएको छ ।

मिलरले भन्नुभयो, “उहाँले एसियाका साथै मध्यपूर्व र युक्रेनलाई सहयोग गर्ने हाम्रो सामूहिक प्रयासबारे छलफल गर्नुहुनेछ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि आगामी शुक्रबार स्टार्मरले वासिङ्टनको भ्रमण गर्ने घोषणा ह्वाइट हाउसले गरेको थियो ।

वासिङ्टनमा नेटोको शिखर सम्मेलनमा भाग लिएका स्टार्मरले कार्यभार सम्हालेको केही दिनपछि जुलाई १० मा ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनलाई भेट्नुभएको थियो।

बेलायत र संयुक्त राज्य अमेरिकाले अधिकांश विश्वव्यापी मुद्दाहरूमा आवश्यकता परेका अवस्थामा आपसी सहकार्य गरेका छन् । साथै, बाइडेन नेतृत्वको डेमोक्रयाटिक नेताहरू ऐतिहासिक रूपमा कन्जरभेटिभभन्दा लेबर पार्टीसँग नजिकको सम्बन्ध राखेको पाइन्छ ।

यद्यपि, स्टार्मरले पदभार ग्रहण गरेदेखि नै इजरायलमाथि कडा कदम चाल्नुभएको छ । उहाँको सरकारले मानवीय कानूनको उल्लङ्घन गर्न प्रयोग हुन सक्ने जोखिमलाई उद्धृत गर्दै केही हतियार ढुवानीहरू स्थगन गर्ने घोषणा गरेको छ।

लेबर सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पक्राउ गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकारलाई चुनौती दिने कन्जरभेटिभ पूर्ववर्तीको योजना पनि रद्द गरेको छ ।

संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य होइन र नेतन्याहूलाई लक्षित गर्ने प्रयासको विरोध गर्दै इजरायलको जवाफदेहीताको लागि आफ्नै प्रणाली छ भन्ने तर्क गर्दै आएको छ।

तर इजरायलको प्रमुख हतियार आपूर्तिकर्ता संयुक्त राज्य अमेरिकाले हतियारको निर्णयको आलोचना गरेन र भन्यो कि ब्रिटेनको मूल्याङ्कन गर्ने आफ्नै प्रक्रिया छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com