इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा इजिप्टसँगको गाजा सीमामा सहज नियन्त्रणको माग


प्रकाशित मिति : भाद्र २०, २०८१ बिहीबार

Israel Palestinians

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजिप्टसँगको गाजा सिमानामा इजरायलले सहज नियन्त्रण राख्न पाउनुपर्ने बताउनुभएको छ । उहाँको यस्तो मागले युद्धविराम प्रयासलाई अवरोध पार्ने खतरा उत्पन्न गरेको छ ।

युद्धको अन्त्य गर्ने आशामा अमेरिकाले युद्धविराम र बन्धक मुक्तिका लागि नयाँ प्रस्ताव विकास गरिरहेको बेला नेतान्याहुको यस्तो टिप्पणी आएको हो ।

फिलाडेल्फी कोरिडोरमा इजरायली नियन्त्रणको प्रश्नले मे महिनामा सेनाले कब्जा गरेको गाजा सिमानामा रहेको जमिनको साँघुरो पट्टी वार्तामा बाधा बनेको छ । हमासले धेरै चरणको युद्धविराम सम्झौतामा गाजाबाट इजरायली सैनीकको पूर्ण फिर्ताको माग गरेको छ ।

इजिप्ट, अमेरिका र कतारसहितका वार्ताका मध्यस्थकर्ताले इजरायली सेनालाई उक्त कोरिडोर छोड्न ठोस समयसीमा माग गरेका छन् । सन् २०२० को अब्राहम सम्झौतामा इजरायलसँग औपचारिक सम्बन्ध स्थापित गरेको संयुक्त अरब इमिरेट्सले पनि इजरायली स्थितिको बुधवार आलोचना गर्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेशी पत्रकारहरूसँग कुरा गर्दै नेतान्याहुले गाजामा हतियार तस्करी गरेर हमासलाई पुनःशस्त्रीकरण गर्नबाट रोक्न इजरायलले सीमामा नियन्त्रण कायम राख्नुपर्ने धारणा दोहोरÞ्याउनुभयो । हामासले गत अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमण दोहोरÞ्याउन नपरोस् भन्ने सुनिश्चित गर्न यो युद्ध लक्ष्यको महत्त्वपूर्ण हिस्सा भएको उहाँले बताउनुभयो ।

“गाजालाई निशस्त्रीकरण गर्नुपर्छ र यो फिलाडेल्फी कोरिडोर नियन्त्रणमा रहे मात्र सम्भव हुनसक्छ”, इजरायली सेनाले सीमामा दर्जनौँ सुरङ फेला पारेको दाबी गर्दै भन्नुभयो ।

उहाँले इजरायलले कोरिडोरबाट हट्नुअघि प्रहरीलाई वैकल्पिक बलका साथ प्रस्तुत गरिने बताउनुभयो ।

्गत साता हमासले छ जना बन्धकको हत्या गरेपछि बाँकी बन्धकका परिवारले हमाससँग सम्झौतमा सहमत हुने मागलाई तीव्र बनाएका छन् । इजरायली सेना बाँकी बन्धकलाई बचाउन अगाडि बढिरहेको छ ।

सार्वजनिक बयानमा बन्धकका परिवारले नेतान्याहुलाई सम्झौता अवरुद्ध गरेको तथा सीमा पट्टी कब्जा गर्न बन्धकहरूको जीवन बलिदान गरेको आरोप लगाएका छन् ।

हालका दिनहरूमा हजारौँ इजरायली बन्धकलाई जीवित घर ल्याउन समय समाप्त भएको भन्दै सम्झौताको आह्वानका साथ सडकमा उत्रिएका छन् ।

पत्रकारहरूद्वारा युद्ध अन्त्य गर्ने समयसीमाबारे सोधिएको प्रश्नमा नेतान्याहुले जवाफ दिन अस्वीकार गर्नुभयो । “विजय प्राप्त नगर्दासम्म यस्तो गर्न सक्छौँ, मलाई के लागेको छ भने हामी धेरै नजिक आएका छौँ”, उहाँले भन्नुभयो ।

नेतान्याहुले बारम्बार सीमा कब्जा गर्नाले हमासलाई बन्धकहरू मुक्त गर्न दबाब दिने कुरामा जोड दिनुभयो । उहाँले मे महिनाको रफाह आक्रमणले हमासलाई बन्धकको पहिलो रिहाइ गर्न बाध्य पारेको दाबी गर्दै आक्रमणको परिणाम तिनीहरूमा लगाएको सैन्य दबाब भएको बताउनुभयो ।

प्यालेस्टिनी समाचार एजेन्सी डब्लुएएफएले बिहीबार इजरायली ड्रोन हमलामा पश्चिम किनारमा पाँच जनाको मृत्यु हुनुका साथै एकजना घाइते भएको बताएको छ ।

इजरायली सेनाले विज्ञप्तिमार्फत ‘सशस्त्र आतङ्कारीमाथि तीनवटा लक्षित आक्रमण गर्दा सैनिकलाई खतरा उत्पन्न गरेको’ जनाएको छ ।

पछिल्लो एक साताभन्दा बढी समयदेखि सयौँ इजरायली सेनाले इजरायल–हमास युद्ध सुरु भएदेखि कब्जा गरिएको पश्चिम किनारमा सबैभन्दा घातक अपरेसन गरिरहेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com