युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको अमेरिकी राष्ट्रपति बाइडेनद्वारा निन्दा


प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार

US President Joe Biden addresses the Canadian Parliament in Ottawa, Canada, on March 24, 2023. (Photo by Mandel NGAN / POOL / AFP)

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाकोे निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गर्नुभएको छ ।

रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै युक्रेनको ऊर्जा केन्द्र ध्वस्त भएको अधिकारीहरूले बताएका छन् ।

यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति बाइडेनले भन्नुभयो “युक्रेन विरुद्ध रूसको निरन्तर आक्रमण र युक्रेनी जनतालाई अन्धकारमा डुबाउने प्रयासको कडा रुपमा निन्दा गर्दछु । ”

युक्रेनमा पछिल्लो समय मस्कोले गरेको आक्रमणले “ब्ल्याकआउट” (उर्जा सङ्कट)  सुरु भएको छ । कियभले रूसको कुर्स्क क्षेत्रको भूभाग नियन्त्रणमा लिएको दाबी गरेपछि यो अवस्था आएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२२ फेब्रुअरीको आक्रमणपछि रूसले युक्रेनमा बारम्बार उर्जा केन्द्र लक्षित ड्रोन तथा मिसाइल आक्रमणहरू गरेको छ ।

युक्रेनको “सैन्य–उत्पादन परिसर“ लाई सहयोग गर्न प्रयोग भइरहेको दाबी गर्दै ऊर्जा केन्द्रहरुमा प्रहार गरेको रूसी रक्षा मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ ।

रूसले सोमबार गरेको आक्रमणमा परी निर्दोष युक्रेनी नागरिकहरूको मृत्यु भएको, २० जनाभन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com