रुसले सोमबार युक्रेनमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । उक्त आक्रमणमा परी ५ जनाको ज्यान गएको छ ।
यसबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आक्रमणका लागि १०० भन्दा बढी मिसाइल र १०० ड्रोन प्रयोग गरेको बताएका छन् । यी आक्रमणहरू कीभ, खार्किभ, ओडेसा र पश्चिमी क्षेत्रहरूमा गरिएका हुन् ।
युक्रेनका प्रधानमन्त्री डेनिस श्मिहलले देशका १५ क्षेत्रका धेरै सहरमा विस्फोट भएको बताएका छन्। उनले युक्रेनको ऊर्जा पूर्वाधार लक्षित रुसले आक्रमण गरेको बताएका छन् । यसैलाई मध्यनजर गर्दै हवाई आक्रमणको अलर्ट जारी गरिएको छ ।
युक्रेनी वायुसेनाले रुसले लगातार हवाई हमला गरिरहेको बताएको छ । युक्रेन कुर्स्क क्षेत्रमा धेरै ठाउँमा प्रवेश गरिसकेको बेला रुसले आक्रमण गरेको हो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
रुसले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा हमला गरेको थियो । त्यसयता दुई देशबीच युद्ध चलिरहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।