डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बङ्गलादेश फाइनलमा


प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार

डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बङ्गलादेशले साफ यु–२० च्याम्पियनसिपको फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशले भारतमाथि टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । त्यस्तै हिजो भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाईब्रेकरमा ४–१ ले पराजित गरेको थियो ।

आज खेलको निर्धारित ९०औँ मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा बङ्गलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गरे ।

भारतका लागि परमवीर, ग्वाङ्गसार गोएरी र मनजोत सिंहले गोल गरे भने केल्भिन सिंह र आकाश टिर्के गोल गर्नबाट चुके । त्यसअघि खेलको ३७औँ मिनेटमा बङ्गलादेशका असदुल मोल्लाले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै भारतले खेलको ७५औँ मिनेटमा बराबरी गोल फर्कायो । भारतका लागि ग्वाङ्गसार गोएरीले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो ।

बङ्गलादेशका कामासाइ मार्माले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिएका थिए । तर त्यसको सदुपयोग भने भारतले गर्न सकेन ।

साफ च्याम्पियनसिपको उपाधिको लागि नेपाल र बंगलादेशवीच प्रतिस्पर्धा हुनेछ । यही भदौ १२ गते हुने फाइनल दशरथ रङ्गशालामा हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com