यसरी छताछुल्ल भयो औपचारिक घोषणा नहुँदै एनआरएन अमेरिकाको परिणाम


प्रकाशित मिति : भाद्र २२, २०७४ बिहीबार

एनआरएन अमेरिकाको चुनावी परिणाम निर्वाचन आयोगले सार्वजनिक नगर्दै छताछुल्ल भएपछि अमेरिकाको एनआरएन समाज तातेको छ । कसैले ह्याक गरेका कारण नभई प्राविधिक कारणले चुनावी परिणाम सार्वजनिक भएको जनाइएको छ ।

चुनाव सकिएपछि वेवसाइटबाट नै परिणाम हेर्न मिल्नेगरी निर्वाचन गराउने जिम्मा लिएको वेवसाइट इलेक्सनबडीले गरेको प्राविधिक त्रुटीका कारण चुनावी परिणाम सार्वजनिक भएको जनाइएको छ । यद्यपी निर्वाचन आयोगले यो परिणामको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

इलेक्सनडीको वेवसाइटमा निर्वाचन समाप्त हुनासाथ परिणाम हेर्न मिल्ने व्यवस्था भएपनि अहिलेभने त्यो व्यवस्था हटाइएको छ । इलेक्सनबडीको वेवसाइटमा सार्वजनिक भए अनुशारर एनआरएन अमेरिकाको अध्यक्षमा केशव पौडेल विजयी भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पौडेल ४ हजार २ सय २९ मतका साथ अध्यक्षमा निर्वाचित भएका छन् भने रविना थापाले ३ हजार ५ मत ल्याएर दोश्रो स्थानमा छिन् । त्यस्तै राम सी पोखरेलले ९६४ र कृष्ण पोखरेलले ७३ मत ल्याएका छन् ।

बरिष्ठ उपाध्यक्षमा सुनिल शाह, क्षेत्रीय उपाध्यक्षहरुमा राधा पौडेल, रामकुमार सुवेदी, जेदु पोखरेल र उमा कार्की थापा निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा बाबुराम लामा, सचिवमा होमनाथ गौतम, कोषाध्यक्षमा प्रकाश अर्याल, सहकोषाध्यक्षमा पवन योञ्जन, महिला कोअर्डिनेटरमा इन्दिरा त्रिपाठी र सदस्यहरुमा अमृतबाबु कट्टेल, आंग निग्मा गेल्जा शेर्पा, अर्जुन बन्जाडे, बिन्दु सापकोटा निरौला, दिव्या केसी ओली, गोपेन्द्र भट्टराई, कृष्ण लामिछाने, प्रितीसागर खत्री, सञ्जय थापा, तृष्णा शर्मा र विष्णुबहादुर शाह निर्वाचित भएका छन् ।

आईसीसी सदस्यहरुमा बलराम थापा, बन्दना कोइराला, बेदराज बस्नेत, बिष्णुमान प्रधान, धर्म भट्टराई, डिल्लीराम भट्टराई, गोमा सेन र प्रकाश सापकोटा निर्वाचित भएका छन् ।

न्युयोर्क च्याप्टर अध्यक्षमा भने रामहरि अधिकारी, महिला कोअर्डिनेटरमा कञ्चन केसी, कोषाध्यक्षमा अनु खड्का र सदस्यहरुमा बलराम श्रेष्ठ, बेगम पण्डित, गोपाल गुरुङ, इन्दिरा घर्ती र प्रेमकुमार राई निर्वाचित भएका छन् ।

त्यस्तै विसकन्सिन च्याप्टर अध्यक्षमा बुद्धीसागर सुवेदी, टेक्सास च्याप्टर अध्यक्षमा भानुभक्त खरेल, क्यालिफोर्निया च्याप्टर अध्यक्षमा रामबाबु पाण्डे, जर्जिया च्याप्टर अध्यक्षमा सूर्य लम्साल, नर्थ क्यारोलिना च्याप्टर अध्यक्षमा बाबुराम पोखरेल निर्वाचित भएका छन् ।

यसैबीच एनआरएन अमेरिकाको निर्वाचन परिणाम निर्वाचन आयोगले सार्वजनिक गर्नु अगाडि नै छताछुल्ल भएपछि निर्वाचन आयोगका सदस्य अन्जन श्रेष्ठलाई आफूलाई लज्जाबोध भएको जनाएका छन् । श्रेष्ठले फेसबुकमा स्टेटस पोष्ट गर्दै एनआरएन अमेरिकाको चुनावमा ठूलै कमेडी भएको र आफूलाई लज्जाबोध भएको जनाएका छन् ।

त्यस्तै एनआरएन अमेरिकाको प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहालले निर्वाचन गराइएको वेवसाइट इलेक्सनबडीबाट आफूहरुलाई आधिकारिक चुनावी परिणाम नआइसकेको बताइन् । निर्वाचन आयोगलाई आधिकारिक जानकारी नआउदै परिणाम बाहिर छताछुल्ल भएकोबारे उनले भनिन् – ‘के भएको हो भन्नेबारे इलेक्सनबडीले छानविन गरिरहेको छ । छानविनपछि आधिकारिक विवरण निर्वाचन आयोगले जानकारी गराउनेछ ।’

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com