अमेरिकाको भर्जिनियाबाट २ सातादेखि बेपत्ता नेपाली नर्स ममता काफ्लेबारे प्रहरीबाट थप अपडेट जारी


प्रकाशित मिति : श्रावण ३१, २०८१ बिहीबार

बेपत्ता नर्स ममता काफ्ले

अमेरिकाको भर्जिनियाबाट २ सातादेखि बेपत्ता नेपाली नर्स ममता काफ्लेबारे प्रहरीले थप अपडेट जारी गरेको छ । अमेरिकाको भर्जिनिया मनाससबाट जुलाई ३१ देखि बेपत्ता नेपाली ममता काफ्लेको खोजी गरिरहेको मनासस पार्क पुलिस डिपार्टमेन्टले अपडेट जारी गरेको हो ।

प्रहरीले ममता काफ्ले खोजीमा सघाउन सर्वसाधारणहरुलाई आग्रह गर्दै अगस्ट २ मा प्रहरी अधिकारीहरूले ममता काफ्लेको घरमा उनको कल्याणको जाँचको लागि पुगेको र उनका श्रीमान नरेश भट्टसँग कुरा गरेको जानकारी दिएको छ । श्रीमान नरेश भट्ट त्यतिबेला थप जानकारी उपलब्ध गराएपनि उनी हराएको रूपमा रिपोर्ट गर्न भने नचाहेको प्रहरीले बताएको छ ।

अगस्ट ५ मा मात्र भट्टले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएको प्रहरीको भनाई छ । घटनाको अनुसन्धान गर्दा अधिकारीहरूले प्रारम्भमा ममता बेपत्ता व्यक्तिको लागि भर्जिनिया राज्य प्रहरीको मापदण्ड पूरा नगर्ने निर्धारण गरेका थिए ।

अधिकारीहरूले त्यसपछि मानक अपरेटिङ प्रक्रियाहरू अनुसरण गरेर ममतालाई भर्जिनिया राज्य पुलिसमा हराएको व्यक्तिका रूपमा प्रविष्ट गराएका थिए । जसले राज्यव्यापी हराएको व्यक्तिको सूची सञ्चालन गर्छ । त्यसपछि अधिकारीहरुले उनको बेपत्ताको अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भर्जिनिया राज्य प्रहरीले ममताको खोजीमा मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी प्रहरी एजेन्सीहरूलाई सूची वितरण गरेको जनाएको छ । अगस्ट ५ देखि ८ को बीचमा विस्तृत अनुसन्धान गर्दा ममताले पछिल्लो दिनमा आफ्नो परिवारका सदस्यहरु, साथीहरू, रोजगारदातालाई कममात्र सम्पर्क गरेको तथा सामाजिक सञ्जाल पोस्टिङहरू पनि कम गरेको पत्ता लगाएको प्रहरीले जनाएको छ ।

यो र अन्य परिस्थितिहरूलाई ध्यानमा राख्दै प्रहरीले उनको हराएको स्थितिलाई अनैच्छिक र गम्भीर रुपमा हराएको व्यक्तिका रुपमा निर्धारण गरेको र थप स्रोतहरू अनुसन्धानको लागि खर्च गरेको जनाएको छ । प्रहरीले बेपत्ता व्यक्ति फ्लायरलाई सार्वजनिक गरेको जनाउदै जुलाई २७ मा काफ्ले युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको, जुलाई २८ मा साथीसँग कुरा गरेको र जुलाई ३१ मा उनका श्रीमानले अन्तिमपटक देखेको प्रहरीले जनाएको छ ।

उनीबारे कुनै जानकारी भएमा मनासस पार्क पुलिसको फोन नम्बर ७०३ ३६१ ११३६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । गोप्यरुपमा पनि ७०३ ३३० ०३३० मा सम्पर्क गरेर जानकारी गराउन सकिनेछ । अधिकारीहरुले घटनाको सक्रियताका साथ अनुसन्धान गरिरहेका र विभागले यस मामलामा जानकारी उपलब्ध हुने बित्तिकै अद्यावधिकहरू प्रदान गर्ने प्रहरीले जनाएको छ ।

हराइरहेकी २८ बर्षीया ममता काफ्लेको ५ फिट उचाई, १३२ पाउण्ड तौल, कालो कपाल र गाढा खैरो आँखा भएको प्रहरीले व्याख्या गरेको छ । काभ्रेकी काफ्ले अमेरिकाको भर्जिनियामा रजिष्टर्ड नर्सका रुपमा कार्यरत रहेको उनको सामाजिक सञ्जाल प्रोफाइलमा उल्लेख रहेको छ ।

उनले अन्तिमपटक जुलाई २८ मा सामाजिक सञ्जालमा पोष्ट गरेको देखिएको छ । उनका श्रीमान नरेश भट्टले पनि सामाजिक सञ्जालमार्फत ममताको खोजीमा सघाउन अनुरोध गरेका छन् । अमेरिकामा नेपाली समुदायका तर्फबाट ममता सकुशल फेला पर्ने अपेक्षा र कामना गर्दै सामाजिक सञ्जालमा पोष्ट गरिएको छ ।

यसैबीच एक गैर नाफामुलक संस्थाले ममता काफ्लेको खोजीमा सहयोग पुर्‍याउने कुनै पनि गोप्य जानकारीहरुका लागि ५ हजार डलर पुरस्कारको घोषणा गरेको छ । कुनै जानकारी भएमा सम्बन्धित अधिकारीहरूलाई सम्पर्क गर्नुहोस् वा गोप्य रूपमा सुझावहरू पेश गर्न क्युआर कोड प्रयोग गर्न सुझाव दिइएको छ । जानकारी जतिसुकै सानो भएतापनि ममता काफ्लेलाई फेला पार्न महत्त्वपूर्ण हुनसक्ने भन्दै यस्तो आग्रह गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com