बाल्टिमोरमा कार दुर्घटनामा घाइते लिलुराम पौडेल र काँशीराम खत्री आईसीयुमा, सहयोगको अपिल


प्रकाशित मिति : श्रावण ३०, २०८१ बुधबार

बाल्टिमोरमा कार दुर्घटनामा घाइते लिलुराम पौडेल र काँशीराम खत्रीको उपचारका लागि सघाउन आर्थिक सहयोग अभियान सुरु गरिएको छ । बाल्टिमोर एसोसियसन अफ नेपलिज इन अमेरिकाले बाग्लुङ समाज अमेरिकासँगको सहकार्यमा गोफण्डमीमा अभियान सुरु गरेको हो ।

अगस्त १ को राती बाल्टिमोरमा भएको कार दुर्घटनामा लिलुराम पौडेल र उनका ससुरा काँशीराम खत्री गम्भीर घाइते भएका थिए । दुबैजनाको बाल्टिमोरमा रहेको साइनाई अस्पतालको आईसीयुमा उपचार भइरहेको छ । दुबैजना जीवनका लागि संघर्ष गरिरहेको उल्लेख गर्दै सहयोगको अपिल गरिएको हो ।

लिलुराम पौडेल परिवारका मुख्य आर्थिक अभिभावक हुन् । उनको परिवारमा उहाँकी पत्नी माया खत्रीका साथै ८ र ५ बर्षका दुई छोरीहरू छन् । यो दुखद दुर्घटनाले परिवारमा शारीरिक मात्र नभई आर्थिक कठिनाइको पहाड खडा गरेको छ। माया खत्रीले अब घाइते श्रीमान्, ससुरा र दुई सन्तानको हेरचाह गर्नुपर्ने भएकाले काम गर्न सम्भव नभएको गोफण्डमीमा उल्लेख गरिएको छ ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोफण्डमीमा भनिएको छ – ‘यसले परिवारलाई अत्यन्तै गम्भीर आर्थिक संकटमा धकेलेको छ। यो संकटको प्रतिकार गर्न पौडेल परिवारलाई सहयोगका लागि अभियान सुरु गरिएको छ। यस अभियानको उद्देश्य बढ्दो मेडिकल खर्चलाई धान्न र यो कठिन समयमा परिवारलाई केही आर्थिक राहत प्रदान गर्नु हो। हामी तपाईँलाई सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं।’

आर्थिक सहयोग वा अपीललाई शेयर गर्न आग्रह गर्दै भनिएको छ – ‘तपाईको सानो सहयोगले पनि ठूलो प्रभाव पार्न सक्छ। यस चुनौतीपूर्ण समयमा हामी सबैले एकसाथ आएर पौडेल परिवारलाई सघाउने समय आएको छ। तपाईँको दयालुपन र उदारताले वास्तवमै ठूलो परिवर्तन ल्याउन सक्छ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com