न्युयोर्कका नेपालीलाई नचाउँदै शान्ति श्री परियार, रचना रिमाल, ज्योति मगर र करिश्मा ढकाल


प्रकाशित मिति : श्रावण २६, २०८१ शनिबार

चारजना नेपाली महिला कलाकारहरु शान्ति श्री परियार, रचना रिमाल ज्योति मगर र करिश्मा ढकालले न्युयोर्कका नेपालीलाई नचाउने भएका छन् । अगस्त १७ शनिबार न्युयोर्कको क्वीन्समा रहेको मेलरोज बलरुममा हुने कार्यक्रमका लागि अहिले टिकट बिक्री धमाधम भइरहेको आयोजकले जानकारी दिएका छन् ।

अब नाच्छ न्युयोर्कको नामको उक्त कार्यक्रम राती ९ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा सहभागी हुनका लागि ६०, ७० र १०० डलरका टिकटहरु रहेका छन् । पहिले नै टिकट लिनेहरुले ६० डलरमा पाउनेछन् भने कार्यक्रम स्थलमा लिनेले ७० डलर तिर्नुपर्नेछ । १ सय डलरको भीआईपी टिकटमा मिट एण्ड ग्रिटको समेत व्यवस्था छ ।

शान्ति श्री परियार, रचना रिमाल ज्योति मगर र करिश्मा ढकाल यसैसाता अमेरिका आइसकेका छन् ।

टिकटका लागि रेडपाण्डा, हिमालयन याक, गोर्खाली, बाजेको सेकुवा, नेपाली मम क्याफे लगायतका रेष्टुरेण्टहरुका साथै शेर्पा इम्प्लोयमेन्ट, मोक्तान डिजिटल, नमस्ते वायरलेस, फ्रेस सेन्ट्रल र सानिमा एक्सप्रेसमा पनि सम्पर्क गर्न सकिनेछ । थप जानकारीका लागि कार्यक्रम आयोजकलाई ६४६ ८५३ १५९८ मा पनि सम्पर्क गर्न सकिनेछ ।

फ्लाइनेपा ट्राभल्सले कलाकारहरुलाई अमेरिका ल्याएको हो भने न्युयोर्कको कार्यक्रमको आयोजक वान प्रोडक्सन रहेको छ । फ्लाइ नेपा ट्राभल्सले विगतमा पनि अब हाँस्छ अमेरिका नामको कार्यक्रमका लागि हाँस्य कलाकारहरु प्रस्तुत गरेको थियो भने अहिले अब नाच्छ अमेरिका कार्यक्रम ल्याएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमका लागि कलाकारहरु यसैसाता अमेरिका आइसकेका छन् भने अमेरिकाका विभिन्न राज्यमा कार्यक्रमहरु गरिने भएको छ । उनीहरुलाई न्युयोर्कमा मगर संघ अमेरिकाले स्वागतका लागि कार्यक्रम गरेको थियो । न्युयोर्कका आयोजक सुरेश पुनले कार्यक्रममा सहभागी भएर मनोरञ्जन लिनका लागि सबै न्युयोर्कबासी र आसपासका नेपालीहरुलाई आव्हान गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com