क्यानडामा पढ्न आउनेलाई राजदूत पौड्यालका सुझाव: ‘राम्रोसँग बुझेर नआए समस्यामा परिने’ (भिडियो)


प्रकाशित मिति : श्रावण १६, २०८१ बुधबार

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडामा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरुलाई राम्रोसँग रिसर्च गरेर सही जानकारी लिएरमात्र अध्ययनका लागि आउन सुझाव दिनुभएको छ । क्यानडाबाट सुरु गरिएको पोडकास्ट ‘नेपाली नेक्सस बीथ विधान’को पहिलो भागमा विधान कार्कीसँग कुराकानी गर्दै राजदूत पौड्यालले क्यानडामाको टोरन्टो जस्ता शहरहरूमा उच्च जनसंख्याका कारण नेपाली विद्यार्थीहरूले राम्रो आवास खोज्न कठिनाइ भोग्नु परेको र नेपाली विद्यार्थीहरू प्रायः मानसिक रूपमा तयार नहुने हुँदा समस्या देखिएको बताउनुभएको छ।

उहाँले भन्नुभयो – ‘नेपालमा विद्यार्थीहरूले परिवार र आफन्तहरूको पूर्ण समर्थन पाउँछन् र समर्थनमूलक वातावरणमा हुर्कन्छन्। तर, क्यानडामा आएपछि तिनीहरूलाई एक्लै सबै काम गर्नु पर्ने बाध्यता आउँछ। कोठा खोज्नेदेखि लिएर भाडा तिर्ने, किराना किनमेल, र अन्य आधारभूत खर्चहरू व्यवस्थित गर्ने जस्ता कामहरू तिनीहरू आफैँले गर्नुपर्छ। यसका साथै, शैक्षिक क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्नु पर्ने दबावले गर्दा तिनीहरूलाई मानसिक तनाव हुन्छ। क्यानडामा कामको अवसरको अभावले पनि नेपाली विद्यार्थीहरूमा थप तनाव उत्पन्न हुन्छ।’

यसबाहेक नेपालमा रहेको परामर्श सेवाले उचित परामर्श नदिएको वा विद्यार्थीहरूले सही मार्गदर्शन नपाएको कारणले पनि समस्या आएको उहाँले बताउनुभएको छ। उहाँले भन्नुभयो – ‘नेपाली विद्यार्थीहरूले आफ्नो रुचि, पृष्ठभूमि, र भविष्यमा क्यानडामा राम्रो संभावना भएको पाठ्यक्रम छनोट नगर्ने हुँदा संघर्ष गरिरहेका छन्। यी समस्याहरू समाधान गर्न विद्यार्थीहरूले अनुसन्धानमा ध्यान दिनुपर्दछ। आजको पुस्ता इन्टरनेट र आईटी क्षेत्रमा प्रवीण छ, त्यसैले विद्यार्थीहरूले कुन विषय पढ्ने र भविष्यमा क्यानडामा कस्तो संभावना छ भन्ने बारेमा राम्रोसँग अनुसन्धान गर्नुपर्छ । यसमा अभिभावकहरू पनि सचेत हुनुपर्छ । नेपालमा रहेका परामर्शदाताहरूले विद्यार्थीहरूलाई सही जानकारी दिन, उनीहरूको रुचि र पृष्ठभूमिको आधारमा उपयुक्त पाठ्यक्रमको छनोट गर्न मार्गदर्शन गर्नुपर्छ ।’

आफू क्यानडा आइसकेपछि नेपाली विद्यार्थीहरुका समस्या बुझन् पहल गरेको र समाधानका लागि उपायबारे पनि छलफल गरेको उहाँले बताउनुभयो । विभिन्न व्यक्तित्वसँग एकल र सामुहिक रुपमा छलफल गरेर विद्यार्थीहरुका लागि एड्भाइजरी जारी गरेको समेत उहाँले बताउनुभयो । एड्भाइजरीले विद्यार्थी, विद्यार्थीका अभिभावक, विद्यार्थी पठाउने कन्सल्टेन्सी लगायतलाई सम्बोधन गरेको उहाँले बताउनुभयो । त्यो अनुशार योगदान दिएमा विद्यार्थीका समस्या कम गर्न सकिने उहाँले बताउनुभयो । साथै नेपाल सरकारलाई पनि केही सुझावहरु पनि दिएको उहाँले बताउनुभयो । ती सुझाव लागु भएमा समस्या आउन नदिने वा समस्याहरु कम हुने अवस्था आउने उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजदूत पौड्यालसँग क्यानडा र नेपालबीचको राजनितीक लगायत कुटनितिक, व्यापारीक, शैक्षिक, सांस्कृतिक , परम्परागत एवं विविध द्विपक्षीय सम्बन्धका बारेमा गरिएको कुराकानी यहाँ हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com