अमेरिकाको न्यूह्यामसरमा नेपालीको फूटबल प्रतियोगिता, एनएचएनसी फूटबल टिम विजयी


प्रकाशित मिति : श्रावण १५, २०८१ मंगलबार

न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको समिट एनएचएनसी कप–२०२४ को उपाधि एनएचएनसी फूटबल टिमले हात पारेको छ । न्यूह्यामसर राज्यको म्यान्चेष्टर शहरस्थित रकरिमन फूटबल मैदानमा शनिबार आयोजित फाईनल खेलमा एनएचएनसी फूटबल टिमले भरमण्ट फूटबल टिमलाई १ का विरुद्ध ६ गोल गरेर उपाधि जितेको हो ।

विजेता एनएचएनसी फूटबल टिमले नगद पाँच हजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेका थिए भने उपविजेता भरमण्ट फूटबल टिमले नगद तिन हजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विजेता तथा उपविजेता टिमहरुलाई न्यूह्यामसर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा, समिट न्यूह्यामसरका अध्यक्ष रविन थापा, नेपाली राष्ट्रिय फूटबल टिमका पूर्व कप्तान दिपक अमात्य, गैर आवशीय नेपाली संघ अमेरिका न्यूह्यामसर च्याप्टरका अध्यक्ष कमल ढुंगाना र न्यूह्यामसर नेपाली समाजका पूर्वअध्यक्ष सोम गुरुङले संयुक्त रुपमा पुरस्कार, ट्रफी तथा मेडल वितरण गर्नुभएको थियो ।

यसबर्षको प्रतियोगिताको मुख्य प्रायोजन समिट न्यूह्यामसरले गरेको थियो भने स्थानीय व्यबसायीहरुले पनि सह–प्रायोजन गरेका थिए ।
न्यूईङ्ल्याण्ड क्षेत्रकै प्रतिष्ठित र ठूलो धनराशी रहेको प्रतियोगितामा न्यूयोर्क, मासाचुसेट्स, कनेक्टिकट, भरमण्ट र न्यूह्यामसर राज्यका गरि १२ टिमले सहभागिता जनाएको थियो ।

‘खेलको माध्यमबाट न्यूईङ्ल्याण्ड क्षेत्रमा बसोबास गर्ने नेपालीभाषीहरुबीच भाइचारा र भातृत्वको विकास गर्ने हाम्रो निरन्तर प्रयास हो’ आयोजक न्यूह्यामसर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पाले भन्नुभयो ‘आगामी बर्षहरुमा फूटबलका अलवा अन्य खेलहरु पनि थप्दै जानेछौं ।’

यसैगरी प्रतियोगिताको मुख्य प्रायोजक समिट न्यूह्यामसरका अध्यक्ष रविन थापाले खेलकुद नेपालीभाषी युवापुस्तालाई जोड्ने माध्यम भएको बताउनुभयो ।

‘न्यूईङ्ल्याण्ड क्षेत्रमा बसोबास गर्ने उत्कृष्ठ खेलाडीहरुको टिम बनाएर प्रतियोगिता वा मैत्रीपूर्ण खेलका लागि नेपालसम्मै लाने हाम्रो जमर्को रहनेछ’ उहाँले भन्नुभयो । थापाले खेलाडीहरुलाई नेपालसम्म लानको लागि ब्यबस्थापकीय कामको लागि समिट न्यूह्यामसरले सक्दो सहयोग गर्ने बताउनुभयो ।
प्रतियोगिता हेर्न न्यूह्यामसरलगायत छिमेकी राज्यहरुबाट उल्लेख्य संख्यामा नेपालीभाषी समुदायको उपस्थिति थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com